पोखरा पुगेका कार्यकर्तालाई रास्वपाको चेतावनी : आन्दोलन छाडेर घुमघामको फोटो हाले कारबाही « Khabarhub

पोखरा पुगेका कार्यकर्तालाई रास्वपाको चेतावनी : आन्दोलन छाडेर घुमघामको फोटो हाले कारबाही


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् ।

जिल्ला अदालत कास्कीमा सहकारी ठगी र संगठित अपराधसम्बन्धी मुद्दा अघि बढाउन म्याद थप भइसकेको अवस्थामा रास्वपाका नेता कार्यकर्ता यतिबेला पोखरा केन्द्रित भएका छन् ।

पूर्वगृहमन्त्री तथा गोर्खा मिडिया नेट्ववर्कका तत्कालीन प्रबन्धन निर्देशक लामिछानेलाई प्रतिशोधका आधारमा वर्तमान सरकारले फसाएको गुनासो उनीहरूको छ ।

यस्तोमा रास्वपा सांसदहरू डोलप्रसाद अर्याल, डा. स्वर्णिम वाग्ले, डा, तोषिमा कार्की, सन्तोष परियार, विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ, मनिष झा र गणेश पराजुलीसहित अहिले पोखरा केन्द्रित आन्दोलन गरेर बसेका छन् ।

पोखरा केन्द्रित आन्दोलनका लागि रास्वपाले देशभरबाट नेता-कार्यकर्तालाई बोलाएको छ । पोखरामै पनि आन्दोलनका लागि रास्वपाले घरदैलो अभियान चलाइरहेको छ ।

तर, आन्दोलनका लागि आएका नेता कार्यकर्ता पोखराका पर्यटकीयस्थल फेवातालसहितमा घुमघाममा केन्द्रित हुन थालेपछि रास्वपाले मोबाइल म्यासेज पठाएर सचेत गराउन थालेको छ ।

रास्वपाको केन्द्रीय अनुशासन आयोगले म्यासेज नै पठाएर आन्दोलन गर्न आएको अवस्थामा घुमघामका तस्बिर, भिडियो सामाजिक सञ्जालमा पोस्ट् नगर्न भनेको हो ।

आयोगले पोखरामा पुगेका नेता-कार्यकर्तालाई आन्दोलन छाडेर घुमघामको फोटो पोस्ट् गरेको पाइए कारबाही नै गरिने चेतावनी दिएको हो ।

‘पोखरामा आएका साथीहरू आन्दोलनबाहेक घुमघामको फोटो पोस्ट् गरेको पाइए कारबाही हुन्छ’, अनुशासन आयोगले पठाएको म्यासेजमा भनिएको छ, ‘सबैजना पार्टी सदस्यहरूले आन्दोलनको फोटो र भिडियो शेयर गर्न पनि निर्देशन जारी गरिन्छ ।’

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १२ : ४८ बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको