अमेरिकी चुनावमा बेलायतको लेबर पार्टीले हस्तक्षेप गरेको ट्रम्पको आरोप « Khabarhub

अमेरिकी चुनावमा बेलायतको लेबर पार्टीले हस्तक्षेप गरेको ट्रम्पको आरोप


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी पूर्व राष्ट्रपति र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी अभियानले बेलायतको लेबर पार्टीविरुद्ध सङ्घीय निर्वाचन आयोग (एफईसी) मा उजुरी दिएको छ।

ट्रम्पले लेबर पार्टीसँग सम्बद्ध व्यक्तिहरू ह्यारिसको प्रचारका लागि अमेरिका गएको आरोप लगाइएको छ । यसले लेबर पार्टीलाई ह्यारिस-वाल्जको चुनावी अभियानलाई सहयोग पुर्‍याउन अमेरिकी चुनावमा स्पष्ट विदेशी हस्तक्षेप गरेको पुष्टि हुने ट्रम्पले दाबी गरेका छन् ।

उजुरीमा लेबर पार्टी र कमला ह्यारिसको अभियान बीचको सम्पर्कको बारेमा मिडिया रिपोर्टहरूलाई उद्धृत गर्दै यो अवैध योगदान भएको उल्लेख गरिएको छ ।

कमला ह्यारिस अमेरिकाको वर्तमान उपराष्ट्रपति हुन् र उनी डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार हुन्। अमेरिकी राष्ट्रपतिको निर्वाचनमा प्रचारप्रसार गरिरहेका लेबर पार्टीका कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत हैसियतमा यस्तो काम गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १ : ०८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको