१२ वाणिज्य बैंकको नाफा वृद्धि, ८ वटाको भने घट्यो | Khabarhub Khabarhub

१२ वाणिज्य बैंकको नाफा वृद्धि, ८ वटाको भने घट्यो


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं चालु आर्थिक वर्षको ३ महिनामा अधिकांश वाणिज्य बैंकहरू खुद नाफा वृद्धि गर्न सफल भएका छन् । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको ३ महिना अवधिमा १२ वटा वाणिज्य बैंकहरूको खुद नाफामा वृद्धि भएको छ भने ८ वटामा गिरावट आएको छ ।

बैंकहरूको अपरिस्कृत वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तीन महिना अवधिमा सबैभन्दा धेरै अर्थात् गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सिद्धार्थ बैंकले ७९१.४३ प्रतिशत बढी खुद नाफा वृद्धि गरेको छ । सो बैंकले चालु आर्थिक वर्षको ३ महिना अवधिका ३८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै चालु आर्थिक वर्षको तीन महिना अवधिमा वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै खुद नाफा वृद्धि गर्न नबिल बैंक सफल भएको छ । नबिल बैंकले सो अवधिमा २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन नाफा गत आवको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा ग्लोबल आइएमई, नेपाल बैंक, प्रभु, लक्ष्मी सनराइज, नेपाल एसबिआई, प्राइम, स्टान्डर्ड चाटर्ड, कुमारी, एनएमबि र एभरेष्ट बैंकहरूले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफामा वृद्धि गरेका छन् । ती बैंकहरूले सो अवधिमा क्रमशः १ अर्ब ५१ करोड, ६० करोड, १ अर्ब ४ करोड, लक्ष्मी सनराइजले ५३ करोड, नेपाल एसबीआईले ८१ करोड, प्राइमले १ अर्ब २८ करोड, कुमारीले १ अर्ब ७ करोड, एनएमबीले १ अर्ब १४ करोड र एभरेष्टले १ अर्ब १२ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गरेका हुन् ।

तर, समीक्षा अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा भने सानिमा, हिमालयन, माछापुच्छ्रे, नेपाल इन्भेष्टमेन्ट मेगा, कृषि विकास, सिटिजन्स, एनआईसी एशिया र राष्ट्रिय वाणिज्य बैंकहरूको खुद नाफामा भने गिरावट आएको छ ।

बैंकहरूद्वारा सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कृषि विकास बैंकको खुद नाफामा सबैभन्दा धेरै अर्थात् १२१.५० प्रतिशतले गिरावट आएको छ । सो बैंकले समीक्षा अवधिमा १९ करोड ९ लाख २३ हजार रुपैयाँ मात्रै नाफा आर्जन गरेको छ ।

त्यस्तै समीक्षा अवधिमा खुद नाफामा गिरावट आएका बैंकहरूमध्ये सानिमाले ३९ करोड, हिमालयनले ७२ करोड, माछापुच्छ्रेले ५० करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४६ करोड, सिटिजन्सले २४ करोड, एनआइसी एशियाले ११ करोड र राष्ट्रिय वाणिज्य बैंकले १५ करोड बढी खुद नाफा आर्जन गरेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १ : १५ बजे

जीवित सांस्कृतिको प्रतीक मजिपा लाखे

काठमाडौं – उपत्यकाकाको सांस्कृतिक जीवन बुझ्न हामीले केवल मन्दिर, जात्रा

सुदूरपश्चिमको हुडकेली लोकनृत्य लोप हुँदै

कञ्चनपुर– सुदूरपश्चिमको ऐतिहासिक लोकनृत्य हुडकेली लोप हुने सङ्घारमा पुगेको छ

हेरचाह कार्य पेशा मात्र नभएर मानवीयता होः परराष्ट्रमन्त्री देउवा

काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हेरचाह कार्य (केयर

निर्वाचन सुरक्षामा ध्यान दिन मनाङ सीडीओ पौडेलको निर्देशन

मनाङ– प्रमुख जिल्ला अधिकारी (सीडीओ) नवराज पौडेलले आसन्न निर्वाचनको सुरक्षा

सात वर्ष पुरानो विवाद : कार्डी बी निर्दोष साबित

काठमाडौं – हलिउडकी पप आइकन कार्डी बी सात वर्षदेखि तानिएको