सय दिनमा पनि सार्वजनिक भएन ओली क्याबिनेटका सदस्यको सम्पत्ति « Khabarhub

सय दिनमा पनि सार्वजनिक भएन ओली क्याबिनेटका सदस्यको सम्पत्ति


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो कार्यकालका लागि प्रधानमन्त्रीको पदभार ग्रहण गरेको सय दिन पुगिसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।

मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने बाध्यकारी कानुनी व्यवस्था नभए पनि परदर्शिता र जवाफदेहिताका दृष्टिकोणबाट यसअघि सार्वजनिक गर्ने अभ्यास थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइट ‘ओपीएमसीएम डट जीओभी डट एनपी’मा ओली नेतृत्वको सरकार सबै सदस्यहरूको सम्पत्ति विवरण प्राप्त भएको उल्लेख भए पनि सार्वजनिक गरिएको छैन ।

सार्वजनिक पद धारण गरेको व्यक्ति जवाफदेही र परदर्शी हुनुपर्ने मान्यताअनुसार प्रधानमन्त्री र मन्त्रीले आ–आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास छ । तथापि, अख्तियार अनुसन्धान आयोग ऐनले सम्पत्ति विवरण गोप्य राख्ने व्यवस्था गरेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र तयसपछि हरेक नयाँ आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारी समक्ष पेस गर्नुपर्ने’ व्यवस्था उल्लेख छ ।

यसअघि पूर्ववर्ती सरकारका पालामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर आफूसहित मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

यस्तै अघिल्लो कार्यकालमा सत्ताको बागडोर सम्हाल्ने क्रममा प्रधानमन्त्री ओलीले पनि आफूसहित मातहतका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेका थिए ।

 

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १ : ४९ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने