दीपक र प्रकाशलाई सन्तोषको ‘काउन्टर’ : दर्शकलाई अपराधी बनाउने घटिया आरोप « Khabarhub

दीपक र प्रकाशलाई सन्तोषको ‘काउन्टर’ : दर्शकलाई अपराधी बनाउने घटिया आरोप


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दसैंको फूलपातीबाट तीन फिल्म हलमामा एकसाथ प्रदर्शनमा आए । तीमध्ये ‘छक्का पञ्जा ५’ र ‘१२ गाउँ’को अनुपेन्सीमा कडा प्रतिस्पर्धा भयो । दुवै फिल्मले उच्च अकुपेन्सी पाए ।

प्रदर्शनको केही सातादेखि छक्का पञ्जा टिमले सामाजिक सञ्जालमा गालीको सामाना गर्नुपर्यो‍ । छक्का पञ्जा टिमका कलाकार र निर्माताको फिल्मसँग सम्बन्धित पोस्टमा ‘१२ गाउँ हेर्ने, छक्का पञ्जालाई बहिस्कार गर्ने’ आशयका कमेन्ट प्रशस्त आए ।

छक्का पञ्जाका कलाकार केदार घिमिरे माग्ने बूढाले ती केमेन्ट गर्नेहरू परिचालित हुन् भन्दै ‘साइबर सेना’को ट्याग लगाइदिए । तर हलमा दर्शकल उर्लिएपछि उनले आफ्नो अभिव्यक्तिलाई लिएर माफी मागे ।

अहिले फिल्मका निर्माता दीपकराज गिरीले अर्का निर्माता सन्तोष सेनबारे दिएको अभिव्यक्ति आलोचित बनेको छ । जसप्रति सेनले पनि आपत्ति जनाउँदै झण्डै २६ मिनेट लामो भिडियो सार्वजनिक गरेका छन् ।

दीपक गत आइतबार ‘द प्रकाश सुवेदी शो’मा अतिथि बनेर गएका थिए । जहाँ प्रकाशले दीपकलाई सेनको तस्बिर देखाउँदै टिप्पणी गर्न लगाएका थिए । उनले भनेका थिए, ‘आँटिला निर्माता ।’

प्रकाशले ‘अहिलेका कमान्डर’ भने । प्रकाशको आशय थियो– सामाजिक सञ्जलामा छक्कापञ्जाविरुद्ध कमेन्ट गर्न लगाउने ‘साइबर सेना’का कमान्डर हुन्, सन्तोष ।

प्रकाशको भनाइपछि दीपकले भने, ‘मैले पनि त्यही सुनेको हो । तर विश्वास गर्न गाह्रो छ । सुनेको सबै साँचो हुँदैन ।’

सेनले ‘१२ गाउँ’का नायक समीरलाई लिएर फिल्म ‘बलिदान’ बनाउँदैछन् । आफ्नो फिल्मको व्यापारका लागि समीरलाई ब्रान्डिङ गर्न सामाजिक सञ्जालमा अभियान चलाएको अस्पष्ट अड्कल फिल्मवृतका केहीले लगाएका छन् ।

तर, सन्तोषले दीपक र प्रकाशको संवादमा आफूप्रति विकसित अभिव्यक्तिमा आपत्ति जनाएका छन् । कार्यक्रम हेरेपछि व्यक्तिगत रुपमा ठूलो संख्यामा आफूलाई मेसेज आक्रमण भएको उनको दाबी छ ।

सन्तोष भन्छन्, ‘रजतपटको उक्त एपिसोडबारे मलाई लगातार मेसेज आइरहेको छ । तपाईं यस्तो मान्छे कसरी त्यस्तो गर्नसक्नु हुन्छ ? यसबारेमा कुरा खुलाउनुपर्यो‍ भन्ने धेरै मेसेज आएपछि मैले यो भिडियो बनाएको हो ।’

दीपक र प्रकाशले आफूप्रति गरेको टिप्पणी वा आशंकलाई सन्तोषले ‘दर्शकलाई अपराधी बनाउने आरोप’को संज्ञा दिएका छन् ।

सन्तोषले भनेका छन्, ‘कमेन्ट गर्ने दर्शक हलमा गएका छन् । उनीहरूलाई साइबर सेना भन्न मिल्छ ? त्यो दर्शकमाथिको आरोप हो । तपाईंहरू दुईले दर्शकलाई अपराधी बनाउनुभयो ।’

कसैले सुनाएको अस्पष्ट आरोपलाई लिएर चरित्रमा आँच आउने गरी टेलिभिजन कार्यक्रममा टिप्पणी गर्न नमिल्ने सेनको आशय छ । उनले दीपक र प्रकाशलाई आफूलाई दोषी प्रमाणित गर्न चुनौतीसमेत दिएका छन् ।

उनले भनेका छन्, ‘मैले त्यसो गरेको भए मलाई थुन्नुपर्यो‍ । मैले त्यसरी नियोजित गाली गर्न पाउँदिन । अब व्यक्ति खडा गर्नुपर्यो‍ । नभए मलाई हजारौँ मेसेज आउने त बनाउनु भएन नि ।’

दीपक र प्रकाशलाई सेनले आफूलाई ‘कमान्डर’को निराधार आरोप लगाउने नेक्सस पत्ता लगाउन सजिलो उपाए समेत सुझाएका छन् । उनको सुझाव छ, ‘मलाई कमान्डर भनेर प्रकाश सुवेदी र दीपकराज गिरी दुवैलाई भन्ने मान्छे उतार्नुपर्यो। अनि उसलाई कसले भन्यो सोध्दा आरोपको जड व्यक्तिसँग पुग्न सकिहाल्निछ ।’

आफू आरोपअनुसारका गतिविधिमा संलग्न भएको आधार भेटिए जेल सजाय भोग्न तयार रहेको उनले बताएका छन् ।

सेनले छक्का पञ्जा टिमलाई विगतदेखि आफ्नो तर्फबाट गर्दै आएको सहयोगको समेत स्मरण गराएका छन् । छलफलमार्फत् ‘छक्का पञ्जा ५’सँग आफ्नो फिल्म नजुधाउने मौखिक सहमित नबिर्सन समेत सन्तोषले आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘बलिदान फूलपातीमा आउने घोषणा भएको थियो । दीपक दाइले छक्का पञ्जा ५ फूलपातीमा ल्याउने सोच छ भनेपछि मैले एक साता अघि पछि गरेर फिल्म प्रदर्शनमा ल्याउँछु भनेको थिएँ ।’

प्रदर्शनछेका पनि ‘छक्का पञ्जा ५’को प्रचारमा आफ्नो तर्फबाट सक्दो प्रयास गरेको सन्तोषको दाबी छ । तर आफूले सेयर गरेका छक्का पञ्जाका प्रचार सामाग्रीमा दीपकले ‘रियाक्ट’समेत नजनाएको उनी बताउँछन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  २ : ४३ बजे

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म

अनामनगर क्षेत्रमा घरघरमा टाँसियो जग्गाधनी पुर्जा (तस्बिरहरू) 

काठमाडौं– अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने अभियानअन्तर्गत धोबी खोला करिडोर आसपासका

अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध

एजेन्सी– डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले क्युबा सरकारमाथि थप कडा आर्थिक

बालाजु र माछापोखरीका अतिक्रमित संरचनामा डोजर

काठमाडौं– नदी किनार र अतिक्रमित सार्वजनिक जग्गामा बनेका संरचना हटाउने

सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्वासी बस्ती हटाउने क्रममा