मखमली फूल टिप्न र माला गाँस्न व्यस्त भक्तपुरका किसान « Khabarhub

मखमली फूल टिप्न र माला गाँस्न व्यस्त भक्तपुरका किसान


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  तिहार नजिकिएसँगै मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानहरु मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका छन् ।

तिहार आउन एक सातामात्रै बाँकी रहँदा गुण्डुका किसानहरु मखमली फूलको माला बनाएर बिक्रीका लागि तयारी अवस्थामा राख्न व्यस्त देखिएका हुन् ।

भक्तपुरमा २० वर्षभन्दा बढि समयदेखि मखमली फूल उत्पादन हुँदै आएका छन् । वर्षेनी मखमली फूलको खेती हुँदै आएका गुण्डुमा फूल खरिद गर्न व्यापारीहरू खेतबारीमा नै पुग्ने गरेको किसानहरूको भनाइ छ । उपत्यकामा खपत हुने धेरै मखमली फूल गुण्डु क्षेत्रकै उत्पादन भएको किसानहरू बताउँछन ।

केही किसानहरूले विदेशमा समेत मखमली फूल निर्यात गर्ने गरेका छन् । दाजुभाइ र दिदीबहिनीको पवित्र पर्व मानिने तिहारमा कहिल्यै नओइलाउने मखमली फूलको विशेष महत्व रहिआएको छ । दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाएपछि मखमली माला पहिराउने परम्परा रहँदै आएको छ । 

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  २ : ४१ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको