राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रचण्डसहितका विपक्षी दलका नेता « Khabarhub

राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रचण्डसहितका विपक्षी दलका नेता


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो एकसातादेखि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चाबीच विपक्षी दलहरू सक्रिय भएका छन् ।

केही दिनअघि सत्तारुढ दुई दल मधेशी लोकतान्त्रिक पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेतासहित बैठक गरेका विपक्षी दलहरू राजनीतिक भेटघाटमा सक्रिय भएका हुन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर दल विभाजनसम्बन्धी अध्यादेशसहित समसामयिक विषयमा ज्ञापनपत्र बुझाएका विपक्षीहरूले अब राष्ट्रपतिलाई भेट्न लागेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विपक्षी दलका नेताहरू बुधबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलसँग संवादका लागि शीतल निवास पुग्दैछन् ।

उनीहरूले सरकारले ल्याउने तयारी गरेको भनिएको छ दल विभाजनसम्बन्धी अध्यादेशबारे पनि राष्ट्रपति पौडेलसँग संवाद तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन तयारी गरेको अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसमा असहमति जनाएका छन् ।

यस्तो अवस्थामा अपरान्ह ४ बजे विपक्षी दलका नेताहरू राष्ट्रपति पौडेलसँग संवादका लागि शीतल निवास जान लागेका हुन् । तत्कालै सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएमा त्यसलाई स्वीकार्न नसकिने सन्देश दिएको बताइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : ०६ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया