राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रचण्डसहितका विपक्षी दलका नेता « Khabarhub

राष्ट्रपति भेट्न शीतल निवास जाँदै प्रचण्डसहितका विपक्षी दलका नेता


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो एकसातादेखि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चाबीच विपक्षी दलहरू सक्रिय भएका छन् ।

केही दिनअघि सत्तारुढ दुई दल मधेशी लोकतान्त्रिक पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेतासहित बैठक गरेका विपक्षी दलहरू राजनीतिक भेटघाटमा सक्रिय भएका हुन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर दल विभाजनसम्बन्धी अध्यादेशसहित समसामयिक विषयमा ज्ञापनपत्र बुझाएका विपक्षीहरूले अब राष्ट्रपतिलाई भेट्न लागेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित विपक्षी दलका नेताहरू बुधबार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलसँग संवादका लागि शीतल निवास पुग्दैछन् ।

उनीहरूले सरकारले ल्याउने तयारी गरेको भनिएको छ दल विभाजनसम्बन्धी अध्यादेशबारे पनि राष्ट्रपति पौडेलसँग संवाद तयारी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन तयारी गरेको अवस्थामा कांग्रेस सभापति शेरबहादुर देउवाले त्यसमा असहमति जनाएका छन् ।

यस्तो अवस्थामा अपरान्ह ४ बजे विपक्षी दलका नेताहरू राष्ट्रपति पौडेलसँग संवादका लागि शीतल निवास जान लागेका हुन् । तत्कालै सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएमा त्यसलाई स्वीकार्न नसकिने सन्देश दिएको बताइएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : ०६ बजे

सुदूरपश्चिममाथि विराटनगरको प्रभावशाली जित

काठामाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार सम्पन्न शनिबारकाे दाेस्राे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहिलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई