प्रधानमन्त्री भन्छन् : सहकारी ठगीमा संलग्न पाँच सय ७५ जना जेल पुगिसके | Khabarhub Khabarhub

प्रधानमन्त्री भन्छन् : सहकारी ठगीमा संलग्न पाँच सय ७५ जना जेल पुगिसके


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न समयमा भएका सहकारीको बचत ठगी प्रकरणमा मुछिएका ६ सयभन्दा धेरैमाथि कानुनी कारबाही चलाइएको बताएका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलबाट सरकारका सय दिने उपलब्धि सुनाउने क्रममा उनले यस्तो बताएका हुन् ।

‘सहकारीको बचत हिनामिनाबारे छानबिनका लागि संसदीय समिति बनाउँदै यसमा मुछिएका कसैलाई पनि नछाड्ने प्रतिबद्धता जनाएका थियौँ’, उनले भने, ‘त्यहीअनुसार ६०० भन्दा माथिलाई कारबाही गरिसकेका छौँ । जसमध्ये सहकारी ठगीका ५७५ जना अहिले जेलमा छन् ।

ओलीले अहिले देखिएको समस्या समाधानका लागि सहकारी प्राधिकरण पनि बनाउने गरी सरकारले कदम चालिसकेको पनि बताएका छन् ।

सम्बोधनका क्रममा ओलीले सर्वसाधारणले सहकारीमा राखेको बचत अपचलन र ठगी गर्नेमाथि सरकारले कानुनी कारवाही सुरु गरेको बताए ।

‘हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारबाही गरिएको छ, ५ सय ७५ भन्दा बढी त जेलमै छन्’, उनले भने, ‘सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र होइन, बचत फिर्ताका लागि आवश्यक सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधीकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।’

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : २१ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार