‘सरकार बनेकै दिनदेखि विरोध थालियो, कसैले ढल्ने सपना नदेखे हुन्छ’ « Khabarhub

‘सरकार बनेकै दिनदेखि विरोध थालियो, कसैले ढल्ने सपना नदेखे हुन्छ’


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा नेपाली कांग्रेससहितको सरकार बनेकै दिनदेखि विरोध सुरु भएको बताएका छन् ।

सिंहदरबाबाट सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

‘सरकार बनेकै दिनदेखि विरोध सुरु भयो । देशमा साम्प्रदायिकता भड्काउन खोजिएको थियो । कांग्रेस र एमाले मिलेर सरकार बनाएपछि त्यसलाई रोकिएको छ’, उनले भने, ‘केही तत्वहरू उद्योग-कलकारखाना बन्द गर्न खोज्दै दिए । देशलाई प्रतिगमनतिर लान खोजिएको थियो । साम्प्रदायिक विद्वेष र विखण्डन गरेर देशलाई प्रतिगमनतिर लैजाने कोसिस भएको छ ।’

उनले तर सरकारलाई प्रतिगमन स्वीकार्य नहुने पनि बताएका छन् । ‘साम्प्रदायिक विद्वेष र घृणा होइन, सामाजिक एकता र न्याय कायम गर्ने पक्षमा सरकार छ’, उनले भने, ‘सरकार अहिले ढल्छ, भरे ढल्छ, भोलि बिहानै ढल्छ भन्ने अफवाह फैल्याइएको छ । यो काम गर्न नदिने उद्धेश्यले चलाइएको हल्ला हो ।
सरकार ढल्छ भनेर कसैले दिवास्वप्न नदेखे हुन्छ । यो लक्ष्यमा पुगेर छाड्छ ।’

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ३ : ४० बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया