प्रियंका गान्धीद्वारा वायनाड उपचुनावका लागि उम्मेदवारी दर्ता « Khabarhub

प्रियंका गान्धीद्वारा वायनाड उपचुनावका लागि उम्मेदवारी दर्ता


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– कांग्रेस नेता प्रियंका गान्धीले वायनाड लोकसभा सिटमा हुन गइरहेको उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकी छन् । 

वायनाडमा नोभेम्बर १३ मा हुन गइरहेको उपनिर्वाचनका लागि उनले बुधबार उम्मेदवारी दर्ता गराएकी हुन् । 

प्रियंकाको उम्मेदवारी दर्ताका लागि सोनिया गान्धी, राहुल गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे र अमेठीका सांसद केएल शर्मासहित नेताहरू वायनाड पुगेका थिए । 

उम्मेदवारी दर्ताअघि प्रियंकाले कांग्रेस नेताहरूका साथ ‘रोड शो’ पनि गरेकी थिइन् । 

यसै वर्ष सम्पन्न लोकसभा निर्वाचनमा वायनाडबाट प्रियंकाका दाइ राहुल गान्धी निर्वाचित भएका थिए । रायबरेली सिटबाट पनि विजयी भएपछि राहुलले वायनाड छोडेका थिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ४ : ०१ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा