प्रधानमन्त्रीले स्वीकारे : सय दिनमा सरकारको गति सुस्त भयो, नतिजा दिन सकेन « Khabarhub

प्रधानमन्त्रीले स्वीकारे : सय दिनमा सरकारको गति सुस्त भयो, नतिजा दिन सकेन


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले गत असारमा नेपाली कांग्रेससहितको सरकार बनेपछिको सय दिनमा परिणाममखुमी काम गर्न नसकेको स्वीकारेका छन् ।

सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बुधबार संयुक्त सरकारको सय दिने उलपब्धि सार्वजनिक गर्दै ओलीले यस्तो स्वीकारेका हुन् ।

‘प्राकृतिक विपत्तिले सरकारको कामलाई केही समय धीमा त बनायो, तर सम्हालिदै अघि बढ्यो’, उनले भने, ‘लामो समयदेखि ३५ जिल्लाका ३० लाखभन्दा बढी किसानहरू दूधको भुक्तानी नपाएर कठिनाइमा थिए । बितेको सय दिनमा, लगभग १५ लाख दूग्ध किसानले भुक्तानी पाएका छन् । उनीहरूले पाउने रकम भुक्तानीका लागि सरकारले ६० करोड रुपैयाँ निकासा गरेको थियो ।’

ओलीले करिब ७५ हजार उखु किसानहरूले वर्षौँदेखि पसिनाको मूल्य पाउन नसकेको अवस्थामा सरकारले अनुदान वापतको भुक्तानी दिइसकेको पनि बताए ।

उनले भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई होइन कानुनलाई गुरु मानेको बताए । गत असोज पहिलो साता आएको बाढीले काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको थियो ।

त्यसबेला ओली अमेरिकामा थिए । नेपालमा कार्यवहाक प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकाको पनि चर्को आलोचना भएको थियो । राहत र उद्धारमा सुरुदेखि नै आलोचना खेपेको सरकारको कार्यशैलीमा सुस्तता रहेको स्वीकार्दै ओलीले अबको सय दिनमा परिणाममुखी काम गर्ने पनि बचन दिए ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ४ : ०२ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि