सय दिने उपलब्धि सुनाउँदा ओलीले बिर्सिए संविधान संशोधनको एजेन्डा « Khabarhub

सय दिने उपलब्धि सुनाउँदा ओलीले बिर्सिए संविधान संशोधनको एजेन्डा


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सरकार गठनका सुरुवाती दिनहरूमा सत्ता पक्षीयले निकै नै प्रचार गरेको ‘संविधान संशोधन’ को एजेन्डा भुलेका छन् ।

सरकार गठनको सय दिन पूरा भएको अवसरमा बुधबार राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा उनले ‘संविधान संशोधन’ मा विषय प्रवेश नै गरेनन् ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको तत्कालीन सरकार ढाल्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष ओलीबीच गत असार १७ गते मध्यरातमा सात बुँदे सहमति भएको थियो ।

देउवा–ओली सात बुँदे सहमतिको दुई नम्बर बुँदालाई कांग्रेस–एमालेले वर्तमान सरकार गठनका समयमा निकै प्रचार गरेका थिए ।

उक्त बुँदामा ‘राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा रहेका, देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वको लागि संविधानमा आवश्यक संशोधन र तदनुकुलको कानून निर्माण गर्ने विषयलाई प्राथमिकता दिने’ उल्लेख थियो ।

तर, सरकारका सय दिने प्रगति सुनाउने क्रममा प्रधानमन्त्री ओली संविधान संशोधनको एजेन्डामा मौन बसेका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ६ : ३० बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का