सुगम नगरको दुर्गम बस्ती « Khabarhub

सुगम नगरको दुर्गम बस्ती


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – यहाँको भीमदत्त नगरपालिका–९ खल्लाकी निर्मला खड्काको पाँच कट्ठा जमिन छ । खेतमा हुने उब्जाउले वर्षभरि खान पुग्दैन । उनको परिवारले खाद्यान्न किनेर जीविकोपार्जन गर्दै आएको छ ।

खल्लाकी निर्मला प्रत्येक महिना दाल चामल किन्न तीन घण्टा पैदल ओहोरदोहोर गर्छिन् । उनले भनिन्, “गतिलो सडक नहुँदा पैदल हिँडेरै बजार ओहोरदोहोर गर्नुपर्ने बाध्यता छ ।”

भीमदत्त नगरपालिका–९ अन्तर्गत चुरेका बस्ती खल्ला, मुसेट्टी र टुँडिखेलका स्थानीय किनमेलका लागि ब्रह्मदेव बजार पुग्ने गरेका छन् । महाकालीको तिरैतिर खल्ला, मुसेट्टी र टुँडिखेल जोड्ने बाटो छ । बर्सातमा बाढीपहिरोले बिग्रिने हुनाले यहाँका स्थानीय सडक सञ्जालसँग सम्पर्क टुट्ने गरेको छ ।

“यस वर्ष पनि बाढीपहिरोले सडक अस्तव्यस्त छ । बस चल्थ्यो । बाटो नहुँदा अचेल चल्न सकेको छैन”, खड्काले भनिन्, “जोखिम मोलेर पैदल हिँड्नुपर्छ ।” यहाँ कक्षा ८ सम्म मात्रै पढाइ हुन्छ । कक्षा ९ देखि अध्ययन गर्न ब्रह्मदेव पुग्नु पर्छ । “विद्यालय पुग्न दुई घण्टा लाग्छ । बर्सातमा बाढीपहिरोको डर छ”, स्थानीय कृष्ण विकले भने, “वर्षामा विद्युत् र सञ्चार सुविधाबाट वञ्चित हुनुपर्छ ।”

यहाँ केही वर्षअघि मात्रै विद्युत् विस्तार गरिएको थियो । त्यसपछि स्थानीयले सञ्चारको सुविधामा पाएका थिए । विद्युत् र सञ्चार सुविधा नहुँदा स्थानीयले सौर्य उर्जा र भारतीय सिमको प्रयोग गर्थे । “विगतको तुलनामा केही सुधार भएको छ । तर सडक गतिलो नहुँदा सास्ती भोग्नुपर्छ”, स्थानीय रुपा कामीले भनिन्, “वर्षभरि गाडी चढेर ओहोरदोहोर गर्न कहिले पाइएला ?”

सिँचाइ र खानेपानी समस्या स्थानीयले भोग्दै आएका छन् । सिँचाइको सुविधा नहुँदा आकासे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेको स्थानीय कमल खड्काको भनाइ छ । “माटो उर्वर छ । तर सिँचाइ सुविधा नहुँदा उब्जाउ हुँदैन”, उनले भनिन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ८ : ४७ बजे

अर्थमन्त्रीको दाबी : इतिहासमै वर्तमान सरकार सबैभन्दा बढी निजी क्षेत्र-मैत्री छ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपालको इतिहासमै वर्तमान सरकार सबैभन्दा

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

एजेन्सी– यस वर्षको नोबेल शान्ति पुरस्कारका सम्भावित दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष

इजिप्टमा मात्सादासका छ पत्रकार पक्राउ

न्युयोर्क- इजिप्टका अधिकारीहरूले स्वतन्त्र सञ्चारमाध्यम मात्सादासका छ जना पत्रकारलाई प्रतिबन्धित मुस्लिम

राष्ट्रियसभा बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सांसदको आग्रह

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले बाढीपहिरोबाट क्षतिग्रस्त संरचना तत्काल मर्मत गर्न सरकारलाई

ज्ञानेन्द्र शाहीको प्रश्न- जेनजी आन्दोलनका दोषीलाई कारबाही कहिले ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले ‘जेनजी’ आन्दोलनका क्रममा