टर्कीको एयरोस्पेस कम्पनिमा हमला, चार जनाको मृत्यु « Khabarhub

टर्कीको एयरोस्पेस कम्पनिमा हमला, चार जनाको मृत्यु


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । टर्कीको एयरोस्पेस र डिफेन्स कम्पनी टुसासमा आक्रमण भएको छ । यस आक्रमणमा हालसम्म ४ जनाको मृत्यु भइसकेको र १४ जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

राजधानी अंकाराबाट ४० किलोमिटर टाढा काहरामानकाजानमा आक्रमण भएको थियो । आक्रमणकारीहरू ट्याक्सीमा आएर अन्धाधुन्ध गोली चलाएको सार्बजनिक भएका सिसिटिभी फुटेजमा देख्न सकिन्छ । उनीहरु त्यहाँ पुगेपछि पहिले बम विष्फोट गरेर त्यसपछि गोली चलाउन थालेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार ट्याक्सीमा जम्मा ३ जना सवार थिए । उनीहरुमध्ये एक महिला पनि थिइन् । तीमध्ये एक आत्मघाती हमलावर थिए, जसले आफूलाई बम विष्फोट गराए । बाँकी २ जनाले मानिसमाथि गोली चलाउन थालेको बताइएको छ ।

अहिले घटनास्थलमा सुरक्षा बल, एम्बुलेन्स र दमकल पठाइएको छ । स्थानीय मिडियाका अनुसार यस कम्पनीमा करिब १५ हजार मानिस काम गर्छन्।

टर्कीमा यसअघि पनि यस्ता आक्रमण भएका छन् । उनीहरुको पछाडि चरमपन्थी संगठन कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)को नाम आएको छ । स्थानीय सञ्चारमाध्यममा पनि यो हमलाको पछाडि उनको हात रहेको आशंका गरिएको छ ।

पिकेकेको स्थापना १९७८ मा अब्दुल्ला ओकलनद्वारा गरिएको थियो । पीकेकेले यसअघि टर्कीमा धेरै आतङ्ककारी घटनाहरू गराइसकेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ११ : ०० बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको