टर्कीको एयरोस्पेस कम्पनिमा हमला, चार जनाको मृत्यु | Khabarhub Khabarhub

टर्कीको एयरोस्पेस कम्पनिमा हमला, चार जनाको मृत्यु


७ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । टर्कीको एयरोस्पेस र डिफेन्स कम्पनी टुसासमा आक्रमण भएको छ । यस आक्रमणमा हालसम्म ४ जनाको मृत्यु भइसकेको र १४ जना घाइते भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

राजधानी अंकाराबाट ४० किलोमिटर टाढा काहरामानकाजानमा आक्रमण भएको थियो । आक्रमणकारीहरू ट्याक्सीमा आएर अन्धाधुन्ध गोली चलाएको सार्बजनिक भएका सिसिटिभी फुटेजमा देख्न सकिन्छ । उनीहरु त्यहाँ पुगेपछि पहिले बम विष्फोट गरेर त्यसपछि गोली चलाउन थालेको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार ट्याक्सीमा जम्मा ३ जना सवार थिए । उनीहरुमध्ये एक महिला पनि थिइन् । तीमध्ये एक आत्मघाती हमलावर थिए, जसले आफूलाई बम विष्फोट गराए । बाँकी २ जनाले मानिसमाथि गोली चलाउन थालेको बताइएको छ ।

अहिले घटनास्थलमा सुरक्षा बल, एम्बुलेन्स र दमकल पठाइएको छ । स्थानीय मिडियाका अनुसार यस कम्पनीमा करिब १५ हजार मानिस काम गर्छन्।

टर्कीमा यसअघि पनि यस्ता आक्रमण भएका छन् । उनीहरुको पछाडि चरमपन्थी संगठन कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)को नाम आएको छ । स्थानीय सञ्चारमाध्यममा पनि यो हमलाको पछाडि उनको हात रहेको आशंका गरिएको छ ।

पिकेकेको स्थापना १९७८ मा अब्दुल्ला ओकलनद्वारा गरिएको थियो । पीकेकेले यसअघि टर्कीमा धेरै आतङ्ककारी घटनाहरू गराइसकेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  ११ : ०० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग