६ वर्षमा पनि पूरा भएन गजेन्द्रनारायण सिंह अस्पताल भवन निर्माण | Khabarhub Khabarhub

६ वर्षमा पनि पूरा भएन गजेन्द्रनारायण सिंह अस्पताल भवन निर्माण


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सप्तरी– तीनसय शय्याको गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण थालिएको ६ वर्षमा पनि पूरा भएको छैन । निर्माण कम्पनीसँग तीन वर्ष ६ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

अस्पताल भवन पूरा नहुँदा बहिरङ्ग र प्रसूति सेवा प्रभावित भएको छ । सहरी विकास मन्त्रालयबाट ३१ करोड ६ लाख २० हजारमा २०७५ सालमा भवन निर्माण सम्झौता भएको हो।

तीनपटकसम्म म्याद थप गरिए पनि भवन अधुरै छ । विसं २०७५ पुस २६ गते तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले भवन निर्माणको शिलान्यास गरेका थिए ।

सघन सहरी तथा भवन निर्माण आयोजनाका अनुसार निर्माण कम्पनीलाई अगामी पुसभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ८ : ४२ बजे

प्रधानमन्त्रीबाट भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्‌घाटन

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा

टिमुरे भन्सारमा गाडीको बिजोक (तस्बिरहरू) 

काठमाडौं – रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो