विवाद नमिल्दा नारायणी अस्पताल भवन निर्माण अलपत्र « Khabarhub

विवाद नमिल्दा नारायणी अस्पताल भवन निर्माण अलपत्र


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

पर्सा– पाँचवर्षदेखि नारायणी अस्पतालको भवन निर्माण रोकिएको छ । भवन निर्माणसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन हुँदा भवन निर्माण अलपत्र भएको हो ।

सङ्घीय सरकारले आर्थिक वर्ष २०७५–७६ मा नारायणी अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरेर निर्माण प्रक्रिया प्रारम्भ गरेको थियो तर सर्वोच्चमा मुद्दा दायर भएपछि काम ठप्प भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताए ।

अस्पतालजस्तो संवेदनशील क्षेत्रको मुद्दालाई अग्राधिकार दिएर निरुपण हुन सर्वोच्चमा अनुरोध गरिने उनको भनाइ छ । सर्वोच्च अदालतले अस्पतालको मुद्दाको पेसी आगामी माघ २८ गतेका लागि रहेको उनले जानकारी दिए ।

वीरगञ्जस्थित सघन सहरी तथा भवन निर्माण आयोजना र निर्माण कम्पनी भ्याली कन्स्ट्रक्सन प्रालि÷नेसनल डेभलपमेन्ट इञ्जिनियरिङबीचको विवाद सर्वोच्च पुगेको हो ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ९ : १२ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा