राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष « Khabarhub

राजस्व कार्यालय भरतपुरमा निःशुल्क करदाता सहायता कक्ष


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चितवन– आन्तरिक राजस्व कार्यालय भरतपुर परिसरमा निःशुल्क करदाता सहायता कक्ष स्थापना गरिएको छ । उद्योग वाणिज्य सङ्घ चितवनले जीआईजेडको सहयोगमा सहायता कक्ष स्थापना गरेको हो ।

कक्षको शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । जीआईजेडमा नेपालका राष्ट्रिय प्रतिनिधि पाउलिना क्याम्पोस मोन्ट्रेरस, चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, आन्तरिक राजस्व कार्यालयका प्रमुख पुण्यविक्रम खड्का र उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

सो अवसरमा जीआईजेडका प्रतिनिधिहरु, उद्योगी व्यवसायी, लेखासँग सम्बन्धित विभिन्न व्यक्तिको उपस्थिति थियो ।

सङ्घका अध्यक्ष श्रेष्ठले सहायता कक्षमा कम्प्युटर, प्रिन्टर, डिस्प्ले बोर्डलगायत सामग्रीसहित सङ्घले एकजना कर्मचारीको व्यवस्था गरेको छ । ती कर्मचारीमार्फत करदाताहरुलाई दर्ता, नवीकरण, करचुक्ता, कर शिक्षा–परामर्श लगायतका सेवा दिइनेछ ।

कार्यालयका प्रमुख खड्काले यस कार्यालयअन्तर्गत ७४ हजार करदाता रहेको भन्दै सेवाग्राहीको सहजीकरणका लागि कक्ष प्रभावकारी बन्ने बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  १० : ०१ बजे

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत