अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द « Khabarhub

अडानीलाई केन्यामा झट्का, एक अर्ब ८२ करोड डलरको सम्झौता रद्द


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा गौतम अडानीमाथि लागेको आरोपको प्रभाव भारतदेखि केन्यासम्म परेको छ ।

केन्याले अचानक नैरोबी विमानस्थल र ऊर्जा क्षेत्रको विस्तारका लागि अडानी समूहसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ । नैरोबीमा अडानी समूहको परियोजनालाई लिएर निकै विवाद भएको थियो । यदि अडानी समूहले केन्यामा विमानस्थल विस्तारको सम्झौता पाएको भए उनीहरूले नैरोबी विमानस्थल ३० वर्षसम्म सञ्चालन गर्ने जिम्मेवारी पाउने थिए।

नैरोबी एयरपोर्टका कर्मचारीहरूले अडानीसँगको यो सम्झौताको विरोध गरिरहेका थिए। अडानीले विमानस्थल सञ्चालनको काम पाएमा उनीहरूको जागिर खतरामा पर्न सक्ने डर थियो ।

बिहीबार केन्याका राष्ट्रपति विलियम रुटोले अडानीसँगको सम्झौता रद्द गर्ने घोषणा गरेपछि धेरै प्रश्न उठ्न थालेका छन् । अडानीसँगको सम्झौतालाई लिएर केन्यामा विमानस्थलका कर्मचारीसँगै विपक्षीले राष्ट्रपति विलियम रुटोलाई पनि निशाना बनाएका छन् ।

केन्याका राष्ट्रपतिले अडानीसँगको सम्झौता रद्द गरेको घोषणा गरे पनि त्यहाँका सञ्चारमाध्यममा अरु धेरै प्रश्न उठिरहेका छन् । केन्याको प्रसिद्ध अङ्ग्रेजी पत्रिका नेसनले केन्याको स्वास्थ्य मन्त्रालयले अडानीसँग ७९० मिलियन डलरको सम्झौता गरेको तर राष्ट्रपतिले भने यसबारे मौन रहेको लेखेको छ ।

बिहीबार, केन्याका केही नेताहरूले स्वास्थ्य मन्त्रालयसँग अडानीको सम्झौताको बारेमा सरकारको मौनतामाथि प्रश्न उठाएका छन् । त्यहाँको संसदको स्वास्थ्य समितिका सदस्य समेत रहेका केन्याका सेम सांसद डा. जेम्स नेकलले स्वास्थ्य मन्त्रालयले अडानीसँग गरेको सम्झौतामा सरकार मौन रहेको बताए । तर, केन्याली सञ्चारमाध्यममा अडानीसँगको सम्झौता रद्द गर्नुलाई राष्ट्रपति विलियम रुटोले बाध्यतामा लिएको साहसी निर्णयको रुपमा व्याख्या गरिएको छ ।

अडानी इनर्जी सोलुसन्सले अक्टोबरमा केन्या इलेक्ट्रिसिटी ट्रान्समिसन कम्पनीसँग ७४ करोड डलरको सम्झौता गरेको थियो ।

यसअन्तर्गत अडानी समूहले चार प्रसारण लाइन र दुईवटा सबस्टेसन निर्माण गर्नुपर्ने थियो । बदलामा, अडानी समूहले ३० वर्षसम्म सञ्चालनको जिम्मेवारी पाउने थियो।

यसबाहेक अडानी समूह अर्को सम्झौतालाई अन्तिम रूप दिने नजिक थियो । केन्या एयरपोर्ट अथोरिटीसँगको यो सम्झौता एक अर्ब ८२ करोड डलरको थियो ।

यसअन्तर्गत अडानी समूहले जोमो केन्याटा अन्तर्राष्ट्रिय विमानस्थल विस्तार गर्नुपर्ने थियो । केन्याले सम्झौता रद्द गर्ने घोषणा गरे पनि सम्झौता अन्तिम भएको र तोड्नु भनेको कानुनी सम्झौता पालना नगर्ने भएकाले मूल्य चुकाउनु पर्ने हुन सक्ने बताइएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  १० : १४ बजे

पार्टी बलियो बनाउन नेतृत्व फेर्न पनि तयार छु : राजेन्द्र लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई बलियो बनाउन

नेपालमा शंकास्पद कारोबार रिपोर्टिङ ३० प्रतिशतले बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष

सरकारद्वारा मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत

काठमाडौं– सरकारले मानव बेचबिखन विरुद्धको राष्ट्रिय नीति स्वीकृत गरेको छ

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री

उत्सर्जन कटौती सुस्त हुँदा फ्रान्सको जलवायु लक्ष्य संकटमा

एजेन्सी– फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष पनि हरितगृह