राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा « Khabarhub

राजस्व कार्यालयमा कर्मचारी नहुँदा सेवाग्राही मर्कामा


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– आन्तरिक राजस्व कार्यालय डडेल्धुरामा दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । कार्यालयमा चार महिनादेखि कार्यालय प्रमुख नभएको र दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाह पनि प्रभावित भएको छ ।

कर अधिकृत र नायब सुब्बाको अभावमा सेवा प्रवाहमा समस्या भएको हो । कार्यालयमा हाल १० जना कर्मचारीको दरबन्दी रिक्त छ । एक उपसचिव, तीन कर अधिकृत, पाँच सुब्बा र कम्प्युटर अधिकृतलगायत कर्मचारीको पद रिक्त रहेको छ ।

कर्मचारी अभाव हुँदा कार्यालयबाट प्रवाह हुँदै आएको सेवा प्राप्त गर्न समस्या भएको बैतडीका सेवाग्राही हेमराज भट्टले बताए । उनले भने, ‘हामीजस्तो टाढाबाट आउनेका लागि समयमा काम नहुँदा धेरै समस्या भयो, समयमा काम हुँदैन ।’

कार्यालय अहिले निमित्त कार्यालय प्रमुखको भरमा चलिरहेको छ । कार्यालय प्रमुखको चार महिनाअघि सरुवा भएपछि कार्यालय निमित्तकै भरमा चलिरहेको कर अधिकृत थानेश्वर अवस्थीले बताए । ‘कर्मचारी नहुँदा नागरिकको काममा समस्या भएपछि एउटा फाँटको कर्मचारीलाई उक्त फाँटको काम सकिएपछि पुनः अर्को फाँटमा खटाएर काम चलाउँदै आएका छौँ’, उनले भने ।

उक्त कार्यालयले डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम र बाजुराका सेवाग्राहीलाई सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  १० : ५० बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम