थारू सङ्ग्रहालयमा आकर्षण बढ्दो | Khabarhub Khabarhub

थारू सङ्ग्रहालयमा आकर्षण बढ्दो


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – दाङको दंगीशरण गाउँपालिका–३ स्थित थारू सङ्ग्रहालयमा संरचना थपिएसँगै आकर्षण बढेको छ । सङ्ग्रहालयमा देशभरका थारू पुर्खाहरूको रहन, सहन, भेषभूषा, संस्कार, संस्कृति झल्किने थारू गाउँ बस्ती नाम दिएर संरचना थपिएसँगै थप आकर्षण बढेको हो । 

जहाँ दाङको डगौरा नाच, देउखुरी दाङको नाच, कोशी पारी रहेको मोरङ नाच, चितवनको लठ्ठी नाच, कैलाली र कञ्चनपुरका राना थारुहरुको नाच, होली नाच, बड्का नाचको मूर्ति राखिएको छ । 

थारू समुदायका पुर्खाहरुले कस्तो खाने कुरा खान्थे, कस्तो संस्कार, संस्कृति थियो भन्ने कुरा त्यसमा देखाइएको छ । जसले गर्दा दैनिक एक सयभन्दा बढीले अवलोकन गर्ने गरेको सङ्ग्रहालय व्यवस्थापन समितिका उपाध्यक्ष शान्ता चौधरीले बताइन्।

‘चाडपर्वको समयमा त सात सयभन्दा बढी दैनिक अवलोकन गर्ने हुन्छन्’, उनले भनिन्, ‘अफ सिजनमा मात्रै दैनिक एक सयभन्दा बढी आउने गर्नुहुन्छ ।’ 

जहाँ सङ्ग्रहालयमा थारू संस्कृति, परम्परा, कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोसाक र परम्परागत सामग्री राखिएको छ । थारू जातिका परम्परा, नाँचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । यस्ता सामग्री हेर्नका लागि दिनप्रतिदिन मानिसको घुइँचो लाग्ने गरेको छ ।

सबै समाजका थारू समुदायलाई समेट्ने गरी सामग्री राखिएको छ । चौधरीका अनुसार अहिले जिल्लाभित्रका मात्रै नभई बाहिरबाट आउनेको सङ्ख्या बढिरहेको छ । त्यहाँ थारू समुदायका पुराना सिक्का, गरगहना, माटोका भाडा, दंगौरा घरलगायतका सामग्री सङ्ग्रहालयमा राखिएको छ । 

अहिलेसम्म करिब रु १० करोड खर्च भइसकेको उनले बताइन्। साथै थप लगानीमा नयाँ संरचना निर्माणको काम भइरहेको छ । विसं २०७५ सङ्ग्रहालयदेखि उक्त सङ्ग्रहालय सञ्चालनमा आएको हो । सोही सङ्ग्रहालय निर्माण भएपछि स्थानीयले रोजगारी पाएका छन् ।

थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता राखिएको छ । थारू समुदायका पुराना गहना र कपडा संकलन गरिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै थारूको इतिहास संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण गरिएको छ । 

सङ्ग्रहालयमा राना, डंगौरा, देउखुरी, चितवन, कैलाली कञ्चनपुर मोरङलगायतका सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ । यी सबै सामान नेपालका थारू बाहुल्यता भएको ठाउँबाट संकलन गरी ल्याएको छ । उक्त सङ्ग्रहालय पाँच बिघा क्षेत्रफलमा रहेको छ ।

सङ्ग्रहालयमा सामान्य प्रवेश शुल्क रु ५० छ । तर, अपाङ्ग, विद्यार्थी, एकल महिलालाई रु ३० मात्रै छ । दैनिक सरदरमा ४० हजारको हाराहारीमा आम्दानी हुने गरेको उनले बताइन्।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  १ : २९ बजे

दाङको शान्तिनगर गाउँपालिकाले विद्युत महसुल तिरिदिने

दाङ– दाङको शान्तिनगर गाउँपालिकाले पालिकाबासीको विद्युत् महसुल तिरिदिने भएको छ

क्लब विश्वकप : म्युनिखलाई हराउँदै बेनफिका दोस्रो चरणमा

काठमाडौं – बेनफिकाले वायरन म्युनिखलाई १-० ले हराउँदै फिफा क्लब

एक सय रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीखेती

तनहुँ– तनहुँको भिमाद नगरपालिका– ९ को भानुमति जौपानीको एक सय

‘समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा तान्न मिल्दैन’

काठमाडौं– समाजवादी प्रेस सङ्गठन नेपालले समाचार लेखेकै भरमा पत्रकारलाई अदालतमा

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो