थारू सङ्ग्रहालयमा आकर्षण बढ्दो « Khabarhub

थारू सङ्ग्रहालयमा आकर्षण बढ्दो


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर – दाङको दंगीशरण गाउँपालिका–३ स्थित थारू सङ्ग्रहालयमा संरचना थपिएसँगै आकर्षण बढेको छ । सङ्ग्रहालयमा देशभरका थारू पुर्खाहरूको रहन, सहन, भेषभूषा, संस्कार, संस्कृति झल्किने थारू गाउँ बस्ती नाम दिएर संरचना थपिएसँगै थप आकर्षण बढेको हो । 

जहाँ दाङको डगौरा नाच, देउखुरी दाङको नाच, कोशी पारी रहेको मोरङ नाच, चितवनको लठ्ठी नाच, कैलाली र कञ्चनपुरका राना थारुहरुको नाच, होली नाच, बड्का नाचको मूर्ति राखिएको छ । 

थारू समुदायका पुर्खाहरुले कस्तो खाने कुरा खान्थे, कस्तो संस्कार, संस्कृति थियो भन्ने कुरा त्यसमा देखाइएको छ । जसले गर्दा दैनिक एक सयभन्दा बढीले अवलोकन गर्ने गरेको सङ्ग्रहालय व्यवस्थापन समितिका उपाध्यक्ष शान्ता चौधरीले बताइन्।

‘चाडपर्वको समयमा त सात सयभन्दा बढी दैनिक अवलोकन गर्ने हुन्छन्’, उनले भनिन्, ‘अफ सिजनमा मात्रै दैनिक एक सयभन्दा बढी आउने गर्नुहुन्छ ।’ 

जहाँ सङ्ग्रहालयमा थारू संस्कृति, परम्परा, कलासँग जोडिएका चित्र, मूर्ति, नक्सा, पोसाक र परम्परागत सामग्री राखिएको छ । थारू जातिका परम्परा, नाँचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । यस्ता सामग्री हेर्नका लागि दिनप्रतिदिन मानिसको घुइँचो लाग्ने गरेको छ ।

सबै समाजका थारू समुदायलाई समेट्ने गरी सामग्री राखिएको छ । चौधरीका अनुसार अहिले जिल्लाभित्रका मात्रै नभई बाहिरबाट आउनेको सङ्ख्या बढिरहेको छ । त्यहाँ थारू समुदायका पुराना सिक्का, गरगहना, माटोका भाडा, दंगौरा घरलगायतका सामग्री सङ्ग्रहालयमा राखिएको छ । 

अहिलेसम्म करिब रु १० करोड खर्च भइसकेको उनले बताइन्। साथै थप लगानीमा नयाँ संरचना निर्माणको काम भइरहेको छ । विसं २०७५ सङ्ग्रहालयदेखि उक्त सङ्ग्रहालय सञ्चालनमा आएको हो । सोही सङ्ग्रहालय निर्माण भएपछि स्थानीयले रोजगारी पाएका छन् ।

थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता राखिएको छ । थारू समुदायका पुराना गहना र कपडा संकलन गरिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्सा कोरिएको छ । नेपालका सबै थारूको इतिहास संरक्षण हुने गरी सङ्ग्रहालय निर्माण गरिएको छ । 

सङ्ग्रहालयमा राना, डंगौरा, देउखुरी, चितवन, कैलाली कञ्चनपुर मोरङलगायतका सबै ठाउँका थारूको संस्कृति र इतिहास एकै ठाउँमा देख्न पाइन्छ । यी सबै सामान नेपालका थारू बाहुल्यता भएको ठाउँबाट संकलन गरी ल्याएको छ । उक्त सङ्ग्रहालय पाँच बिघा क्षेत्रफलमा रहेको छ ।

सङ्ग्रहालयमा सामान्य प्रवेश शुल्क रु ५० छ । तर, अपाङ्ग, विद्यार्थी, एकल महिलालाई रु ३० मात्रै छ । दैनिक सरदरमा ४० हजारको हाराहारीमा आम्दानी हुने गरेको उनले बताइन्।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  १ : २९ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध