मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छौँ : उपप्रधानमन्त्री सिंह « Khabarhub

मित्र राष्ट्रहरूसँग सुमधुर सम्बन्ध चाहन्छौँ : उपप्रधानमन्त्री सिंह


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले मित्र राष्ट्रहरूसँग नेपालले सुमधुर सम्बन्ध राख्ने बताएका छन्। शनिबार छत्रपाटी निःशुल्क चिकित्सालयमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्।

‘मित्र राष्ट्रहरूसँग सम्बन्ध राम्रो गरेर हामी अगाडि बढ्न चाहन्छौं,’ उनले भने। परस्परको सहयोगले आपसी सम्बन्ध सुमधुर बनाउन सहयोग गर्ने पनि उनले बताए। 

कार्यक्रममा  काठमाडौंस्थित चिनियाँ दूतावासले छत्रपाटी निःशुल्क चिकित्सालयलाई उपलब्ध गराएको विद्युतीय सवारिसाधन चिकित्सालयलाई हस्तान्तरण गरिएको छ। उपप्रधानमन्त्री सिंहले विश्वव्यापी रुपमा जलवायु परिवर्तनको असर बढ्दै गइरहेको अवस्थामा चिकित्सालयलाई विद्युतीय सवारी साधन उपलब्ध गराएकोमा आभार व्यक्त गरे। 

२०१६ सालमा लौहपुरूष गणेशमान सिंहले शिलान्यास गरेको चिकित्सालय अहिले सुविधासम्पन्न अस्पतालकै रूपमा विकास भएकोमा सिंहले खुशी व्यक्त गरे। 

‘पुर्खाले समुदायमा उपचारका लागि सानो कामबाट सुरू गरेको काम अहिले सुविधासम्पन्न अस्पतालको स्वरूपमा आइपुग्दा खुशी लागेको छ,’ सिंहले भने।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपालको आर्थिक विकास र समृद्धिका लागि चीनले सहयोग गर्दै आएको उल्लेख गर्दै  आगामी दिनमा सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरे।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  १ : ३५ बजे

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा

चाडपर्वमा चोरी, ठगी र दुर्घटनाबाट जोगिन गण्डकी प्रदेश प्रहरीको अपिल

कास्की – गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बडादसैँ लगायतका चाडपर्वका