शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा « Khabarhub

शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गण्डकी– शल्यचिकित्सक समाज नेपालको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा जारी छ । ‘साउथ एसियन सर्जिकल केयर सोसाइटी’सँगको सहकार्यमा शुक्रबारदेखि सुरु भएको सम्मेलनमा आठ सय बढी सहभागी छन् । 

सम्मेलनमा दई सय जना अन्तर्राष्ट्रिय प्रतिनिधिले भाग लिएको समाजका महासचिव डा. शैल रुपाखेतीले जानकारी दिए। उनका अनुसार सम्मेलनमा चार वटा समानान्तर सत्रसहित दुई सय बढी वैज्ञानिक तथा अनुसन्धानमुलक कार्यपत्रको प्रस्तुती रहनेछ । यस्तै २५ भन्दा बढी सर्जिकल भिडियो सम्मेलनमा प्रदर्शन गरिने उनले बताए। 

कार्यपत्रमाथि विज्ञसहितले सामूहिक छलफल गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । सम्मेलनपूर्व बिहीबार स्तन क्यान्सर, ग्यास्ट्रेक्टोमीलगायत शल्यचिकित्साका विभिन्न विषयका कार्यशाला सञ्चालन गरिएको समाजले जनाएको छ । 

शनिबारसम्म चल्ने सम्मेलनमा शल्य चिकित्साका क्षेत्रमा भएका नयाँ वैज्ञानिक अनुसन्धान र खोजबारे गहन छलफल हुने जनाइएको छ । 

सम्मेलनमा अतिथिका रुपमा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मेलनले स्वास्थ्य सेवाका क्षेत्रमा साझेदारी, सहकार्य र नवप्रर्वद्धनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। उनले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता गराउन सबैको सामूहिक प्रयत्न जरुरी रहेको बताए।

अस्पतालहरूमा चिकित्सकमाथि हुने गरेका दुर्व्यवहारको घटना निन्दनीय रहेको भन्दै उनले त्यस प्रकृतिका कृयाकलाप हुन नदिन प्रदेश सरकार सचेत रहेको उल्लेख गरे। प्रदेशका सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आधुनिक चिकित्सासँगै आयुर्वेद र प्राकृतिक चिकित्साको विकासमा पनि ध्यान दिनुपर्ने बताए। गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रका सुधारका लागि कार्ययोजना बनाएर काम सुरु गरिएको उनको भनाइ छ । 

उनले शल्यचिकित्सालगायत स्वास्थ्य क्षेत्रका समस्याको पहिचान र समाधानको उपाय पहिल्याउन सम्मेलन सहयोगी बन्ने विश्वास व्यक्त गरे। सम्मेलनमा ‘साउन एसियन सर्जिकल केयर सोसाइटी’का अध्यक्ष डा। सुनिलकुमार शर्मा ढकाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटा, नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा। अनिलविक्रम कार्कीलगायतका वक्ताले सम्मेलनको महत्व र आयामबारे विचार व्यक्त गरेका थिए ।

 सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, चीन, बङ्गलादेश, भूटान, जापान, कोरिया, अमेरिकालगायत मुलुकका शल्यचिकित्सक सहभागी छन् । 

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  २ : ०२ बजे

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा– गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर गइरहेको

नारायणघाट–बुटवल सडकमा ‘क्यानोपी ब्रिज’ निर्माण

नवलपरासी– नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा नेपालमै पहिलोपटक बाँदरलगायत

विश्वकप सेमिफाइनल प्रवेशका लागि फ्रान्स र मोरक्को भिड्ने

काठमाडौँ – विश्वकप २०१६ को सेमिफाइनल प्रवेशका लागि फ्रान्स र

यी भूभागमा ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अर्थ र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको दुईवटा समितिका बैठक आज