महाराष्ट्रमा बिजेपी नेतृत्वको गठबन्धनलाई २१६ सीटमा अग्रता « Khabarhub

महाराष्ट्रमा बिजेपी नेतृत्वको गठबन्धनलाई २१६ सीटमा अग्रता


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

मुम्बई– महाराष्ट्रमा नोभेम्बर २० मा सम्पन्न विधानसभा निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मत गणना अनुसार महाराष्ट्रमा मुख्य चुनावी प्रतिस्पर्धा सत्तारुढ महायुति र विपक्षी महा विकास अघाडीबीच छ ।

महायुतिमा भाजपा, एकनाथ शिन्देको शिवसेना र अजित पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसीपी) छन् । महाविकास अघाडी (एमभिए) मा उद्धव ठाकरे नेतृत्वको शिवसेना (यूबीटी), शरदचन्द्र पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसिपी) र भारतीय काङ्ग्रेस पार्टी समावेश छन्।

प्रारम्भिक मतगणना अनुसार माहायुती गठबन्धन अन्तर्गत बिजेपीको १२४, शिवसेनाको ५५ र अजित पवार नेतृत्वको एनसीपी ३७ सीट गरी २१६ स्थानमा अग्रता कायम गरेका छन् । 

त्यसैगरी एनभिए गठबन्धन अनतर्गत काङ्ग्रेसको १९, शरदचन्द्र पवार नेतृत्वको एनसिपी १३ र उद्धव ठाकरे नेतृत्वको शिवसेना ९यूबीटी०ले २० सीट गरी ५२ स्थानमा अग्रता कायम गरेका छन् । 

महाराष्ट्रका नोभेम्बर २० मा २८८ विधानसभा सीटका लागि भएको निर्वाचनबाट चार हजारभन्दा बढी उम्मेदवारहरूको भाग्यको फैसला हुनेछ । 

सन् २०१४ को विधानसभा चुनावमा शिवसेनाले ५६, एनसिपीले ५४ र काङ्ग्रेसले ४४ सिट गरी १४४ सीट जितेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  २ : २९ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ