महाराष्ट्रमा बिजेपी नेतृत्वको गठबन्धनलाई २१६ सीटमा अग्रता | Khabarhub Khabarhub

महाराष्ट्रमा बिजेपी नेतृत्वको गठबन्धनलाई २१६ सीटमा अग्रता


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

मुम्बई– महाराष्ट्रमा नोभेम्बर २० मा सम्पन्न विधानसभा निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक मत गणना अनुसार महाराष्ट्रमा मुख्य चुनावी प्रतिस्पर्धा सत्तारुढ महायुति र विपक्षी महा विकास अघाडीबीच छ ।

महायुतिमा भाजपा, एकनाथ शिन्देको शिवसेना र अजित पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसीपी) छन् । महाविकास अघाडी (एमभिए) मा उद्धव ठाकरे नेतृत्वको शिवसेना (यूबीटी), शरदचन्द्र पवार नेतृत्वको राष्ट्रवादी काङ्ग्रेस पार्टी (एनसिपी) र भारतीय काङ्ग्रेस पार्टी समावेश छन्।

प्रारम्भिक मतगणना अनुसार माहायुती गठबन्धन अन्तर्गत बिजेपीको १२४, शिवसेनाको ५५ र अजित पवार नेतृत्वको एनसीपी ३७ सीट गरी २१६ स्थानमा अग्रता कायम गरेका छन् । 

त्यसैगरी एनभिए गठबन्धन अनतर्गत काङ्ग्रेसको १९, शरदचन्द्र पवार नेतृत्वको एनसिपी १३ र उद्धव ठाकरे नेतृत्वको शिवसेना ९यूबीटी०ले २० सीट गरी ५२ स्थानमा अग्रता कायम गरेका छन् । 

महाराष्ट्रका नोभेम्बर २० मा २८८ विधानसभा सीटका लागि भएको निर्वाचनबाट चार हजारभन्दा बढी उम्मेदवारहरूको भाग्यको फैसला हुनेछ । 

सन् २०१४ को विधानसभा चुनावमा शिवसेनाले ५६, एनसिपीले ५४ र काङ्ग्रेसले ४४ सिट गरी १४४ सीट जितेका थिए ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  २ : २९ बजे

देशका अधिकांश भूभागमा वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार