घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का « Khabarhub

घुस आरोपले भारतीय धनाड्य अदानी समूहलाई धक्का


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घूसखोरीको आरोपले धक्का दिएको छ ।

कैयौँ बहुराष्ट्रिय कम्पनीका मालिक तथा अदानी समूहका अध्यक्षसमेत रहेका अदानीले र उनको समूहलाई आरोपले क्षणिकरूपमा क्षति पुर्‍याएको र आर्थिक पुनरागमन गर्न लामो समय नलाग्ने विश्लेषकहरूले बताएका छन् । 

अदानी र उनका सहयोगीहरूले आकर्षक सरकारी सम्झौताका लागि २५ करोड अमेरिकी डलरभन्दा बढी घूस दिएको दावी गर्दै न्युयोर्कमा बुधबार भएको दोषारोपणले उहाँको कम्पनीको स्टकको उन्मादपूर्ण बिक्रीलाई प्रभावित पारेको छ । 

न्यूयोर्कमा घूस दिएको दावी गरिएको केही घण्टाभित्रै भारतका विपक्षी नेता राहुल गान्धीले अदानीलाई पक्राउ गर्न माग गरेका थिए।  आरोपपछि केन्याका राष्ट्रपति विलियम रुटोले करिब २.५ अर्ब अमेरिकी डलरबराबरको विमानस्थल र बिजुली सम्झौता रद्द गरेको घोषणा गरेका छन्। 

अदानी समूहले घूसखोरीको आरोपलाई ‘आधारहीन’ भन्दै खारेज गरेको छ तर ‘कर्पोरेट गभर्नेन्स एडभाइजरी फर्म इनगभर्न रिसर्च सर्भिसेज’का संस्थापक श्रीराम सुब्रमण्यमले भने यसको ‘ठूलो’ प्रभाव रहेको बताएका छन्। 

सुब्रमण्यनले बैङ्गलोरबाट भने, ‘उनीहरूले अपिल गरेर आफ्नो रक्षा गर्नेछन्, वा नयाँ सम्झौताका लागि जानेछन्।’

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ४ : १८ बजे

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा