बीआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा | Khabarhub Khabarhub

बीआरआईमा ऋण स्वीकार्न सकिँदैन : महामन्त्री शर्मा


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बेल्ट एण्ड रोड (बीआरआई)मा ऋण स्वीकार्न नसकिने बताएका छन्।

सिरहाको लहानमा शनिबार कांग्रेस नगर समितिले आयोजना गरेको कार्यकर्ता भेटघाटका क्रममा उनले छिमेकी चीन, भारतसहित विश्वका जुनसुकै देशको सहयोग स्वीकार गरिने तर मुलुकले ऋणको भार थेग्न नसक्ने भएकाले ऋणको रुपमा नलिइने बताए।

‘अब हामी धेरै ऋण बोक्न सक्दैनौँ। श्रीलंकाले ऋणमा बनाएको हम्बनटोटा बन्दरगाहकै नियति भोग्नु पर्नेतर्फ सजग हुनुपर्छ’ उनले भने, ‘ऋण सहयोगमा बनाइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जरुरी थिएन। १२ मिनेट हवाई यात्राको दूरीमा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बनाइएकै थियो, बरु पोखराको अन्तर्राष्ट्रिय विमानस्थल मधेशमा बनाइनु पथ्र्यो।’

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ५ : ३५ बजे

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा– तिलोत्तमा-१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा

मनसुनजन्य विपदबाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली– मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक

हिमनदी पग्लिँदै गए हुनसक्छ ठुलो ज्वालामुखी विस्फोट : अध्ययन

काठमाडौं– विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ

त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेसलिष्ट पारित

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकले विभिन्न संकाय र तहमा

सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया र ग्रीस पठाइदिन्छु रकम