समाजवाद स्थापना नभएसम्म क्रान्ति जारी रहन्छ : विप्लव  | Khabarhub Khabarhub

समाजवाद स्थापना नभएसम्म क्रान्ति जारी रहन्छ : विप्लव 


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपाली विशेषताको समाजवाद स्थापना नभएसम्म क्रान्तिबाट विश्राम नलिने दृढता व्यक्त गरेका छन्। 

नेत्रविक्रम चन्दको  नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीको ११औँ स्थापना दिवसका अवसरमा भृकुटीमण्डपमा आज आयोजित सभामा उनले ८० को दशकलाई राष्ट्रिय स्वाधीनता, समाजवाद निर्माणलाई केन्द्रित गरी आफ्ना कार्यक्रम र राजनीतिक गतिविधि अघि बढाउने धारणा राखे।

विगतमा नेकपा (माओवादी) मा रही नेपाली जनताको परिवर्तनको चाहना र न्यायका लागि गरेको योगदान इतिहास साक्षी रहेको बताउँदै महासचिव चन्दले देश र नेपाली जनताको सुख तथा समृद्धिका सधैँ काम गरिरहने विचार प्रकट गरे ।

पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले विगतमा क्रान्तिको अगुवाई गरेका कतिपय कम्युनिष्ट पार्टीमा उतार–चढाव तथा विचलन आएपछि जनताको क्रान्तिको नेतृत्व आफ्नो पार्टीले गर्दैआएको बताए।  

केन्द्रिय सदस्य माइला लामाले मुलुकको अस्थिर राजनीति र वेरोजगारलगायतकारण युवापुस्ता अध्ययन र रोजगारीका लागि विदेशिन बाध्य हुँदा गाँउघर खाली हुन पुगेको घटना सुनाए।

तत्कालीन नेकपा (माओवादी)बाट अलग भइ विसं २०७१ मा एउटा धारले महासचिव चन्दको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टी गठन गरेको थियो ।

 सभाअघि स्थापना दिवसका अवसरमा आयोजित झाँकिसहितको र्‍यालीले नगर परिक्रमा गरेको थियो भने सभामा महासचिव चन्दले पार्टीको झन्डोत्तोलन गरे।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ५ : ५१ बजे

एउटै विधेयक वर्षौँसम्म संसद्मा अल्झिराख्ने परम्परा अन्त्य हुनुपर्छ : सचेतक घिमिरे

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले एउटै

शिक्षामन्त्री पन्तले आन्दोलित शिक्षकहरूलाई वार्तामा बोलाए

काठमाडौं- विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विद्यालय

प्रतिनिधिसभा बैठक सुरु : वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै

काठमाडौं– प्रतिनिधिसभाको छैटौँ अधिवेशनको पहिलो बैठक सुरु भएको छ । आजको

धरहरामा भूकम्प स्मृतिसभा (तस्बिरहरू)

काठमाडौं– गोरखा भूकम्पको १० औँ स्मृति दिवसको अवसरमा आज शुक्रबार

सत्ता गठबन्धनबीच कुनै विवाद छैन : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सत्ता गठबन्धनबीच कुनै