इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु « Khabarhub

इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इराकको उत्तरी प्रान्त किर्कुकमा गरिएको  हवाई आक्रमणमा इस्लामिक स्टेट (आइएस) का पाँच जना लडाकुको मृत्यु भएको इराकी सेनाले शनिबार जनाएको छ ।

 गुप्तचर रिपोर्टको आधारमा, इराकी सेनाले शुक्रबार प्रान्तीय राजधानी किर्कुकको पश्चिममा रहेको दुर्गम क्षेत्रमा आइएस लडाकु लुकेको ठाउँमा हवाई आक्रमण गरेको इराकी संयुक्त अपरेसन कमान्डसँग सम्बद्ध मिडिया आउटलेट सुरक्षा मिडिया सेलले जनाएको छ ।

इराकी सेना र गुप्तचरको संयुक्त बलले शनिबार बम विस्फोट भएको स्थानमा पाँचजना आतंककारी को शव फेला पारेको विज्ञप्तिमा उल्लेख गरिएको  छ ।

विज्ञप्तिमा चार राइफल, दुई विस्फोटक बेल्ट, छ वटा ह्यान्ड ग्रेनेड, गोलाबारुदलगाएत सञ्चार उपकरणहरू पनि फेला पारेको उल्लेख गरेको छ ।

 सन्  २०१७ आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा केहि सुधार आएको थियो यद्यपि, अझै पनि सहरी तथा दुर्गम क्षेत्रहरूमा लुकेका आइएसका अवशेषहरूले सुरक्षा बल र नागरिकहरू विरुद्ध बारम्बार आक्रमण गर्दै आइरहेका छन् ।  

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ६ : ३१ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल