इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु | Khabarhub Khabarhub

इराकमा भएको हवाई आक्रमणमा पाँच जना आइएस लडाकुको मृत्यु


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इराकको उत्तरी प्रान्त किर्कुकमा गरिएको  हवाई आक्रमणमा इस्लामिक स्टेट (आइएस) का पाँच जना लडाकुको मृत्यु भएको इराकी सेनाले शनिबार जनाएको छ ।

 गुप्तचर रिपोर्टको आधारमा, इराकी सेनाले शुक्रबार प्रान्तीय राजधानी किर्कुकको पश्चिममा रहेको दुर्गम क्षेत्रमा आइएस लडाकु लुकेको ठाउँमा हवाई आक्रमण गरेको इराकी संयुक्त अपरेसन कमान्डसँग सम्बद्ध मिडिया आउटलेट सुरक्षा मिडिया सेलले जनाएको छ ।

इराकी सेना र गुप्तचरको संयुक्त बलले शनिबार बम विस्फोट भएको स्थानमा पाँचजना आतंककारी को शव फेला पारेको विज्ञप्तिमा उल्लेख गरिएको  छ ।

विज्ञप्तिमा चार राइफल, दुई विस्फोटक बेल्ट, छ वटा ह्यान्ड ग्रेनेड, गोलाबारुदलगाएत सञ्चार उपकरणहरू पनि फेला पारेको उल्लेख गरेको छ ।

 सन्  २०१७ आइएसको पराजयपछि इराकको सुरक्षा स्थितिमा केहि सुधार आएको थियो यद्यपि, अझै पनि सहरी तथा दुर्गम क्षेत्रहरूमा लुकेका आइएसका अवशेषहरूले सुरक्षा बल र नागरिकहरू विरुद्ध बारम्बार आक्रमण गर्दै आइरहेका छन् ।  

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ६ : ३१ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार