किम्बुका बिरुवाको माग घट्यो « Khabarhub

किम्बुका बिरुवाको माग घट्यो


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

चितवन – किम्बु नर्सरीका बिरुवाको माग घटेसँगै व्यावसायिक किट विकास फार्म भण्डाराले बिरुवा उत्पादन घटाएको छ । कार्यालयका अनुसार गत वर्ष छ लाख बिरुवा बिक्री वितरण गरेकामा यस वर्ष तीन लाख बिरुवा लगाउने तयारी गरिएको हो ।

फार्मका प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार गत वर्ष तयार गरिएका बिरुवा ५० हजार हाराहारी बिक्री नभइरहेका छन् । गत वर्ष उत्पादित बिरुवा बिक्री भइनसकेकाले अहिले उत्पादनको लक्ष्य कम गरिएको उनले बताए। 

उनले भने, ‘रेशम खेतीका लागि बढी मात्रामा बिरुवा जाने गथ्र्यो । अहिले रेशम खेती नभएपछि बिरुवा कम उत्पादन गर्न लागिएको हो ।’ अघिल्लो वर्ष किसानले माग गरेर पनि लिन नआएपछि बिरुवा उत्पादन कम गर्न लागिएको उनले जानकारी दिए।

अहिले पशुचोपायलाई खुवाउने घाँसको रुपमा मात्र किम्बूको बिरुवा लगाउने गरिएको क्षेत्रीले बताए। उनका अनुसार पहिलापहिला एक लाख बिरुवा लैजाने किसानले अहिले एक हजार मात्रै लाने गरेका छन् । माग बढ्न नसकेपछि बिरुवा उत्पादनको लक्ष्य घटाइएको उनको भनाइ छ ।

रोजगारीको सिलसिलामा युवाशक्तिहरू विदेश पलायन हुनु र रेशम खेती विस्थापित हुनुले किम्बूका बिरुवाको माग घटेको क्षेत्रीले जानकारी दिए। गत वर्ष पाँच हेक्टर क्षेत्रफलमा किम्बुको बिरुवा उत्पादन गरिएकामा अहिले क्षेत्रफल घटेर तीन हेक्टरमा मात्र बिरुवा लगाउन थालिएको उनले बताए। 

सुरुवातमा चितवनको माडी, दोलखा, रामेछाप, धनकुटा, भोजपुर, सिन्धुलीलगायत जिल्लामा व्यावसायिक रूपमा रेशम खेती हुने गरेको थियो । अहिले रेशम खेतीमा आकर्षण घट्दै गएको पाइएको क्षेत्रीले बताए। 

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ७ : ३० बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम