पशुअधिकारका लागि ‘भिगन ग्यालरी’ « Khabarhub

पशुअधिकारका लागि ‘भिगन ग्यालरी’


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पशुअधिकार र भिगन जीवनशैलीबारे जानकारी दिने उद्देश्यले आज यहाँ ‘नेपाल भिगन ग्यालरी’ कार्यक्रम आयोजना गरिएको छ ।

काठमाडौं एनिमल सेभको आयोजनामा कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा पशु हिंसा रोक्न आह्वान गरिएका चित्र तथा भिगन फुडस्टल र साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको एनिमल सेभकी शोभा भुजेलले जानकारी दिए ।

उनका अनुसार पशुजन्य भोजन र उत्पादन प्रयोग नगर्ने व्यक्ति र जीवनशैलीलाई भिगन भनिन्छ । भिगनहरू मासुमात्र होइन दूध, दही, घीउ र पनिर पनि खाँदैनन् । भिगन फुडस्टलमा गहुँ र वनस्पतिबाट बनाइएका विभिन्न परिकार राखिएका थिए ।

तीमध्ये गहुँ र अन्य वनस्पति स्रोतहरू प्रयोग गरेर बनाइएको सेइटान र भटमासको दूधबाट बनेको चिया धेरै रुचाएको थियो । मासुजस्तै देखिने र खाँदा पनि उस्तै महसुस हुने सेइटान मासु छाड्न चाहनेहरूका लागि राम्रो विकल्पका रूपमा रहेको भुजेलले बताए ।

कार्यक्रममा भिगन व्यवसाय र जनावर अधिकारबारे समूहगत छलफल गरिएको थियो । जसमा भिगन कल्याण सिलवाल र सामु योञ्जनले आफ्ना धारणा राख्दै सहभागीका जिज्ञासाबारे सम्बोधन गरे । योञ्जनले आफूहरूले पैसा कमाउनेभन्दा पनि पुण्य कमाउने ध्येयले भिगन खानाको व्यवसाय गरेको बताए । सिलवालले खाना र स्वादमा अझै निखार ल्याउन सके भिगन खानाप्रति मान्छेको थप रुचि बढ्ने धारणा राखे ।

कार्यक्रममा पूर्वतुम्बाको ‘लब्रेकुटीमा शाकाहारी कुकुर’ कविता सङ्ग्रह र घनश्याम खड्काको ‘आनन्द संहिता’ वाचन गरिएको थियो । पछिल्लो समय भिगन जीवनशैली अपनाउनेको सङ्ख्या बढ्न थालेको जनाइएको छ । विशुद्ध शाकाहारी भोजन र अहिंसाको प्रवद्र्धनका लागि कार्यक्रममा ‘ओम्निभोर’ जीवन अपनाउनेहरूको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ८ : ४५ बजे

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले

धान थन्क्याउन युवा जनशक्ति पाउनै मुस्किल

भोजपुर– गाउँघरबाट युवा जनशक्ति वैदेशिक रोजगारी तथा सहरतर्फ पलायन हुन

एनपीएल : आज सुदूरपश्चिम र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (बुधबार)