स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते | Khabarhub Khabarhub

स्कुल बस दुर्घटना हुँदा २८ जना घाइते


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

भरतपुर – चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ ।

कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस आज साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

दुर्घटनामा परेर चालकसहित २७ जना विद्यार्थी र एक शिक्षिका गरी २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ ।

अहिले चितवन मेडिकल कलेजमा २२ र पुरानो मेडिकल कलेजमा ६ जनाको उपचार भइरहेको महतोले बताए । उनका अनुसार ३० जना विद्यार्थीसहित ३२ जना बसमा सवार थिए । पिकनिक गएर फर्किंदै गर्दा ‘ब्रेक फेल’ भएर बस दुघर्टनामा परेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ९ : २१ बजे

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग

माथिल्लो क्षेत्रको विपद्सम्बन्धी सूचना आदानप्रदानका लागि चीनसँग समन्वय बढाइने

काठमाडौं – नेपाल भएर बग्ने नदीनालाको माथिल्लो जलाधार क्षेत्रका हिमतालका

रसुवा बाढी : मृत्यु भएका आठ जनाको शव काठमाडाैं ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

काठमाडौं – रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका