बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु « Khabarhub

बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

बेरुत – लेबनानको राजधानीमा भएको इजरायली हवाई आक्रमणमा शनिबार कम्तिमा ११ जनाको मृत्यु भएको छ ।

इजरायली सेनाले क्षेत्र खाली गर्न आह्वान गरेपछि बेरुतमा आक्रमण भएको भएको थियो । इजरायलले भने हाल सम्म बेरुतमा भएको आक्रमण बारे कुनै टिप्पणी गरेको छैन ।

शनिबार बिहान यस क्षेत्रमा उद्धार कार्य चलिरहेको थियो, उद्धारकर्ताहरू भग्नावशेष हटाइ नागरिक सुरक्षामा तैनाथ थिए । घटनाको पुष्टि गर्दै लेवनानी स्वास्थ्य मन्त्रालयले ६३ जना घाइते भएको जनाएको छ । “डिएनए परीक्षणपछि मृत्युको अन्तिम सङ्ख्या निर्धारण हुने मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

लेवनानी राष्ट्रिय समाचार एजेन्सीले इजरायली जेट विमानहरूले संरचनामा छ वटा क्षेप्यास्त्र प्रहार गरेको र नजिकैका भवनहरूमा व्यापक विनाश गरेको जनाएको छ ।

इजरायली सेनाले “धेरै हिजबुल्लाह कमान्ड सेन्टरहरूसहित सहरको दक्षिणी उपनगरहरूमा आक्रमण गरेको बताएको छ ।इजरायलले सेप्टेम्बरको अन्त्यमा इरान समर्थित समूह विरुद्ध आफ्नो अभियानलाई अगाडि बढाएको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  १० : १८ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर