इटहरीमा ७४ करोड लागतमा साइकल लेनसहितको सडक बन्दै  « Khabarhub

इटहरीमा ७४ करोड लागतमा साइकल लेनसहितको सडक बन्दै 


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

इटहरी– लामो समयदेखि लथालिङ्ग रहेको र पटक-पटक आलोचना खेपेको इटहरी उपमहानगरको तालतलैया सडक खण्डमा अहिले धमाधम काम भइरहेको छ ।

वर्ल्ड बैंकको लगानीमा निर्माण भइरहेको उक्त सडकले यहाँका तीन वटा वडा छुन्छ । इटहरी २, ३ र ४ नं. वडा छुने उक्त सडक इटहरीको पूर्व लाइनमा रहेको ताल तलैया गेट नजिकै भेटघाट चौक हुँदै, तालतलैयासम्म निर्माण भइरहेको हो । यो सडक साइकल लेन सहितको अत्याधुनिक हुने मेयर हेमकर्ण पौडेलको भनाई छ ।

वर्ल्ड बैंकको ७३ करोड ८० लाख १२ हजार चार सय ७६ रुपैयाँ ५७ पैसा लगानीमा सडक निर्माण भइरहेको हो । खास गरी उक्त सडक तालतलैया हुँदै इटहरी २ बरगाछीसम्म जोडिनेछ इटहरीका मेयर हेमकर्ण पौडेलले भने ।

‘नेपाल सरकारले तयार गरेको घुम्नुपर्ने एक सय ठाउँको सूचीमा परेको तालतलैया जाने सडक बन्नु आफैँमा खुसीको कुरा हो । इटहरीको रिङ्गरोडमा पर्ने भएकाले पनि यो बाटो महत्त्वपूर्ण छ,’ मेयर पौडेलले भने, ‘कोशी प्रदेशका दुई उपमहानगरपालिका जोड्ने भएकाले यो अन्तरपालिकास्तरीय बाटो हो ।’

इटहरीको वडा नं. ३ र धरानको वडा नं ६ लाई यो सडकले जोड्ने उनको भनाइ छ ।

यो बाटो आगामी दिनमा धरान काँकडभिट्टा जोड्ने वैकल्पिक बाटोसमेत बन्नसक्ने उनको दाबी छ । इटहरीको मुख्य राजमार्गपछिको सुन्दर बाटोको रूपमा चिनिने बाटो तीव्र गतिमा बनिरहेको र चाडै बनिसक्ने उनको विश्वास छ ।

इटहरी उपमहानगरपालिकाका इन्जिनियर जीवन घिमिरेका अनुसार इटहरी २ मा ३२ फिट, इटहरी ३ मा ६० फिट र इटहरी ४ मा ५० फिट चौडाइको सडक बन्ने क्रममा रहेको हो । जम्मा साढे ८ किलोमिटर सडक बन्ने उनले बताए ।

‘वर्ल्ड बैङ्कबाट नेपाल सरकारले ऋण लिएको र नेपाल सरकारले इटहरी उपमहानगरपालिकालाई अनुदान दिएपछि सडक बन्ने क्रममा रहेको हो,’ इन्जिनियर घिमिरेले भने, ‘हालसम्म २५ प्रतिशत काम भएको छ ।’

उनका अनुसार उदयपुरको त्रियुगा ७ मा रहेको आशिष् आशीर्वाद जेभी कम्पनीले गत असार ३ गते योजनाको सम्झौता गरेर निर्माण गरिरहेको हो । उक्त योजनाको म्याद आगामी असार (२०८२ असार) सम्म रहेको घिमिरेले बताए ।

खासगरी प्राविधिक विधिअनुसार सडकको पिचको मोटाइ ५० एमएमको हुनुपर्नेछ । उक्त सडक पनि सोहीअनुसार निर्माण हुने घिमिरेले बताए ।

‘अहिले धमाधम काम भइरहेको छ,’ उनले भने, ‘हामीले बेलाबेला अनुगमन पनि गरिरहेका छौँ । निर्माणको म्याद अवधिमै काम सम्पन्न हुने विश्वास छ ।

लामो समयसम्म बाटो नबनेपछि गएको असार १५ गते धान दिवसको दिन स्थानीयले सडकमै धान रोपेर विरोध समेत जनाएका थिए । तर, अहिले बाटो तीव्र गतिमा बन्न थालेपछि भने स्थानीयवासीहरू खुसी भएका छन् ।

‘पहिले बाटोमा जताततै खाल्डाखुल्डी थियो । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुन्थ्यो । भरसक यो बाटो चाहिँ यात्रा गर्नु नपरोस् झैँ लाग्थ्यो । वर्षायाममा पानी जमेको खाल्डोमा परेर धेरै साइकल, मोटरसाइकल र सिटी सफारीहरू दुर्घटनामा भए । तर, अहिले यो बाटो बन्ने क्रममा छ ।

स्थानीय गणेश फुयाँलका अनुसार खाल्डाखुल्डीमा पानी जम्ने र हिलाम्मे ठाउँमा गाडी कुद्दा पानी छ्याप्ने, बाटो हिलो र चिप्लो हुँदा बालबालिका र वृद्ध वृद्धालाई समस्या हुँदै आएको थियो । आफ्नो ठाउँको प्रमुख समस्या बाटो रहेको बताउँदै उनले बाटो बनिसकेपछि भने सहज हुने सुनाए ।

 

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १२ : ५३ बजे

प्रलोपा गण्डकी अध्यक्ष शर्मा नेकपामै फर्किए

गलकोट– प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का केन्द्रीय सदस्य तथा गण्डकी

रुपन्देही–२ मा कसैसँग तालमेल गर्ने नीति लिएको छैन : राप्रपा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रूपन्देही क्षेत्र नं २ मा

गगनलाई समर्थन गर्न सर्लाही पुगे जेन–जी अगुवा मिराज ढुङ्गाना

काठमाडौं- जेन–जी पुस्ताका अगुवा मिराज ढुङ्गाना नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई

इजरायली प्रधानमन्त्री नेतन्याहुको कार्यालयमा इरानको मिसाइल आक्रमण

तेहरान- इरानको इस्लामिक रिभोल्युस्नरी गार्ड कर्प्स (आईआरजीसी) ले इजरायली प्रधानमन्त्री

नेपालको चुनावमा बाह्‍य लगानी र भारत-चीनसँगको सम्बन्धबारे केपी ओलीले भने ?

झापा- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली