दक्षिण कोरियाले गर्‍यो ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण | Khabarhub Khabarhub

दक्षिण कोरियाले गर्‍यो ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सियोल– दक्षिण कोरियाले शनिबार अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी जासूसी उपग्रह प्रक्षेपण गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

स्पेसएक्स फाल्कन ९ रकेट सामान्य रूपमा राती ८ः३४ मा उड्यो । क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट राति ९ः२४ बजे (कोरियाली समय) अनुसार उपग्रहलाई कक्षमा प्रक्षेपण गरिएको थियो ।

प्रक्षेपण गरिएको भूउपग्रहले राति ११ः३० बजे विदेशी ग्राउन्ड स्टेशनसँग सञ्चार गर्न सफल भएको र यसले भूउपग्रहको सामान्य सञ्चालनको सङ्केत गरेको जनाएको छ ।

दक्षिण कोरियाले सन् २०२५ सम्ममा पाँच वटा जासुसी उपग्रहहरू प्राप्त गर्ने योजनाको भागको रूपमा प्रक्षेपण गरेको यो तेस्रो सैन्य उपग्रह हो । दक्षिण कोरिया यसअघि अमेरिकाले उपलब्ध गराएको स्याटेलाइट इमेजरीमा ठूलो मात्रामा भर परेको थियो ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  २ : ०५ बजे

पर्यटकलाई कुनै पनि समस्या आउन दिनुहुँदैन : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकलाई

सहकारी ठगी : पहिलो दिनमा सकिएन छविको बयान, रविको पालो बाँकी

काठमाडौं- विभिन्न ५ वटा सहकारी संस्थाको रकम ठगी आरोपमा पक्राउ

सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन स्वास्थ्यमन्त्री पौडेलको पहल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका

डीपीलाई कार्यवाहक दिने रास्वपाको निर्णय 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले औपचारिक रूपमा उपसभापति डोलप्रसाद अर्याल

पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्न पोलियो खोप अनिवार्य

एजेन्सी – पाकिस्तानको प्रान्त खैबर–पख्तुनख्वामा (के–पी) सरकारले जन्म, मृत्यु र