कान्छा न्यायाधीश नीतिजले दिनेछन् रविको भाग्य र भविष्यको निर्णय « Khabarhub

कान्छा न्यायाधीश नीतिजले दिनेछन् रविको भाग्य र भविष्यको निर्णय


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित पाँचजना प्रतिवादीबारे सोमबारदेखि जिल्ला अदालत कास्कीमा थुनछेक बहस सुरु हुँदैछ ।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेसहित उनका साझेदार पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको मुद्दाको सुनुवाइका लागि न्यायाधीश नीतिज राईको इजलासमा पेसी तोकिएको छ ।

यस प्रकरणमा सुनुवाइको जिम्मा पाएका राई देशकै कान्छा न्यायाधीश पनि हुन् । २०४७ सालमा जन्मिएका न्यायाधीश राईले पहिले मिसिल अध्ययन गरिसकेर बयान प्रक्रिया अघि बढाउने भएका छन् ।

राई नेपालका बहालवाला न्यायाधीशमध्ये सबैभन्दा कान्छा न्यायाधीश हुन् । कानुनमा एलएलएम गरेका उनको न्यायाधीशको परीक्षा पास गरिसकेपछि पहिलो पोस्टिङ नै कास्कीमा भएको थियो ।

लोक सेवा आयोगको प्रतिस्पर्धामा पास भएका उनीसहित आठजनालाई न्याय परिषद्ले गत असार ८ गते जिल्ला न्यायाधीशमा सिफारिस गरेको थियो । त्यसपछि उनी साउनदेखि जिल्ला अदालत कास्कीमा कार्यरत छन् ।

जिल्ला अदालतको न्यायाधीशमा जानुअघि उनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा उपसचिवका रुपमा कार्यरत थिए ।

जिल्ला न्यायाधीशका लागि गत वैशाखमा लोकसेवा आयोगले लिएको खुला प्रतिस्पर्धात्मक परीक्षामा नीतिजसहित ८ जनामातै उत्तीर्ण भएका थिए ।

४३ जिल्लाका लागि न्यायाधीशको दर्खास्त खुलाउँदा त्यसबेला २०३ जनाले आवेदन दिएका थिए । लिखित परीक्षा उत्तीर्ण गर्ने नीतिजसहित ८ जना मात्रै थिए ।

असारमा न्यायाधीशमा सिफारिस भएका उनी साउनदेखि कास्की अदालतमा हाजिर भएका थिए । न्यायाधीश राईका लागि करिअरको सुरुवातमै पूर्वगृहमन्त्रीसमेत मुछिएको मुद्दाको छिनोफानो गर्नुपर्ने जिम्मेवारी आइलागेको छ ।

आइतबार जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको थियो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको थियो ।

न्यायाधीश राईले मिसिल पढिसकेपछि बयान गराएर थुनछेक बहस थाल्ने तयारी छ । न्यायाधीश राईले थुनछेक बहस सकेपछि पूर्वगृहमन्त्रीसहितका प्रतिवादीको भाग्य र भविष्य निर्धारण गर्ने आदेश दिनेछन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  १ : ४७ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक