सुदूरपश्चिममा रिक्त राजनीतिक नियुक्ति सहमतिमै टुंग्याइने « Khabarhub

सुदूरपश्चिममा रिक्त राजनीतिक नियुक्ति सहमतिमै टुंग्याइने


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा एमालेको सुदूरपश्चिमस्तरीय राजनीतिक संयन्त्रले रिक्त रहेका राजनीतिक नियुक्ति सहमतिका आधारमा यथाशीघ्र टुंग्याउने निर्णय गरेको छ ।

एमाले सचिवसमेत रहेका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको संयन्त्रको बैठकले प्रदेशमा रिक्त रहेका राजनीतिक नियुक्ति सहमतिका आधारमा यथाशीघ्र टुंग्याउने निर्णय गरेको हो ।

कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरतबहादुर रावतले रिक्त रहेका राजनीतिक नियुक्तिहरूमा सहमतिका आधारमा यथाशीघ्र टुंग्याएर कार्यान्वयन गर्ने निर्णय गरिएको जानकारी दिए । रावतले संसदीय अभ्यासलाई सुचारु गर्नका लागि गतिविधिहरू पनि यथाशीघ्र  अगाडि बढाउने निर्णय गरिएको बताए ।

संयन्त्रको बैठकले बाजुराको जगन्नाथ गाउँपालिका– ५ गोत्री केन्द्रबिन्दु भएर पुस ६ गते बिहान गएको भूकम्पबाट पीडितहरूलाई विपद् व्यवस्थापन समितिमार्फत  राहत तथा पुनर्स्थापना गर्ने निर्णय पनि गरेको छ ।

कांग्रेस–एमालेको प्रदेशस्तरीय संयन्त्रको पहिलो बैठकको अध्यक्षता एमाले सचिव भट्टले गरेका थिए । संयन्त्रको बैठकमा कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका सभापति वीरबहादुर बलायर, एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशी, कांग्रेसका प्रदेश उपसभापति लोकराज अवस्थी, मुख्यमन्त्री कमलबहादुर शाह र एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल सहभागी थिए ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  २ : ०९ बजे

एकता जोगाउन नसकेको स्वीकार्दै शेखरले भने : हामी सबै चुक्यौँ, ‘नियतिको खेल’ नै यस्तै भयो

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकतावद्ध राख्ने

माघे संक्रान्तिमा मगर समुदायको झाँकी र र्‍याली (तस्बिरहरू)

काठमाडौं- आज माघे सङ्क्रान्ति । माघे सङ्क्रान्ति नेपाली समाजमा गहिरो

ग्रिनल्यान्डमा युरोपेली सैन्य तैनाथी सुरु

एजेन्सी– खनिज–सम्पन्न तथा रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापु ग्रिनल्यान्डलाई लिएर

एकीकृत स्वास्थ्य सूचनामा आम नागरिकको पहुँचमा जोड

काठमाडौं– नेपालमा छरिएर रहेका स्वास्थ्य सूचना तथा तथ्यांकहरुलाई एकीकृत गर्ने

कांग्रेस नेता हृदयराम थानीले आगामी चुनाव नलड्ने

काठमाडौं– नेपाली कांग्रेसका नेता हृदयराम थानीले आगामी फागुन २१ गते