६ महिनापछि पर्दामा फर्किँदै दयाहाङ « Khabarhub

६ महिनापछि पर्दामा फर्किँदै दयाहाङ


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विगतका वर्षमा लगातार दयाहाङ राईका फिल्म प्रदर्शनमा आए । उनी केन्द्रीय भूमिकामा रहेको दुई फिल्मसम्म एकै मितिमा प्रदर्शन भए ।

धेरै फिल्ममा अभिनय गरेका कारण दयाहाङ आलोचित बने । वि.सं. ०८१ को पुससम्म आइपुग्दा उनको अभिनय रहेको चार फिल्म प्रदर्शनमा आइसकेको छ ।

यो वर्ष उनको अभिनय रहेको प्रदर्शनमा आएको फिल्महरु हुन्– डिग्री माइला, मनसरा, गाउँ आएको बाटो र घर ज्वाइँ ।

घर ज्वाइँ गत असार २८ गते प्रदर्शनमा आएको थियो । त्यसयता उनको फिल्म प्रदर्शनमा आएको छ ।

६ महिनापछि दर्शकहरूले दयाहाङलाई पुन पर्दामा देख्न पाउने भएका छन् । उनी केन्द्रीय भूमिकामा रहेको फिल्म ‘कार्साङ’ पुस २६ बाट प्रदर्शनमा आउँदैछ ।

यो वर्ष प्रदर्शनमा आएका चार फिल्ममा दयाहाङ समुदाय केन्द्रित फिल्ममा देखिए । गाउँ आएको बाटोमा राई समुदाय र घर ज्वाइँ मगर समुदायको कथामा केन्द्रित थियो ।

निर्माण पक्षका अनुसार यसपटक दयाहाङ राई शेर्पा समुदायको कथा लिएर दर्शकमाझ आउँदैछन् । शेर्पा समुदायको भुइँ मान्छे संघर्ष साथै उक्त समुदायको संस्कृती पर्दामा उतारिएको निर्देशक यम शेर्पा बताउँछन् ।

दुई साताअघि यस फिल्मको टिजर सार्वजनिक भएको थियो । दर्शकबाट यसले राम्रो प्रतिक्रिया पाएको छ । सामाजिक सञ्जालमा धेरैले ‘अपेक्षितभन्दा राम्रो टिजर हेर्न’ पाएको प्रतिक्रिया दिएका छन् ।

फिल्ममा दयाहाङसहित जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ सुरवीर पण्डितलगायतको अभिनय रहेको छ ।

‘कार्साङ’मार्फत यमले लेखन र निर्देशनमा डेब्यू गर्दैछन् । यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतीमा यो फिल्म बनेको हो । फिल्मको निर्माता र छायाँकार पुरुषोतम स्वयम् हुन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ४६ बजे

जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल

दाङ – नेकपा (एमाले) का महासचिव एवम् दाङ निर्वाचन क्षेत्र

तोलामा १० हजार चार सयले बढ्यो सुनको भाउ

काठमाडौं – स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ

६ पूर्वअर्थमन्त्री चुनावी दौडमा

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बैतडीमा हातहतियार बुझाउन स्थानीयप्रशासनको निर्देशन

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको