सहकारी ठगीमा दीपेश : बचतकर्तालाई झुक्याएर लाभ लिए, जीबीको गैरकानुनी कारोबारमा साक्षी बसे | Khabarhub Khabarhub

सहकारी ठगीमा दीपेश : बचतकर्तालाई झुक्याएर लाभ लिए, जीबीको गैरकानुनी कारोबारमा साक्षी बसे


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले झूटो विवरण दिएर सहकारी ठगी गरेको भेटिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आइतबार जिल्ला अदालतमा दर्ता गराएको आरोप पत्रमा उक्त कुरा उल्लेख छ ।

सरकारी वकिलको कार्यालयले अदालतमा पेस गरेको विवरणअनुसार अखिल क्रान्तिकारीका नेतासमेत दीपेशले रोल्पाको थवाङ–७ ठेगाना हुनुपर्नेमा पोखरा महानगरपालिका–९ लेखाएर सूर्यदर्शन सहकारीबाट पटक–पटक गैरकानुनी रुपमा बचत रकम अपचलन गरेको उल्लेख छ ।

उनी गितेन्द्रबाबु राई (जीबी) समूहमा पनि आवद्ध भएको खुलेको छ । पुनले बचतकर्तालाई विश्वास दिलाउने काम गर्ने गरेको आरोप पत्रमा उल्लेख गरिएको छ ।

‘…दीपेशकुमार पुन, गितेन्द्रबाबु राईको समूहमा आवद्ध रही सहकारीका बचतकर्तालाई विश्वस्त दिलाउने, आकर्षक व्याजदरको प्रलोभन देखाउने समेतका कार्यबाट छोटो समयमा ठूलो रकम बचत सङ्कलन गरी गैरकानुनी लाभ लिने….’, आरोप पत्रमा भनिएको छ ।

पुनले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिको सचिव भएर सहरारीको पैसा अपचलन गरेको जिल्ला वकिलको कार्यालयको दावी छ ।

आरोप पत्रमा पुनले काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीकी सञ्चालकसमेत रहेकी श्रीमती सविना आले मगरलाई आफूअनुकुल निर्णय गराउन लगाएको पनि आरोप पत्रमा उल्लेख छ ।

पुनले सहकारीबाट पटक पटक लिएको आरोप पत्रमा भनिएको छ । ‘…अनुसन्धानका क्रममा संकलन भएको कर्जासम्बन्धी आन्तरिक फारामहरू समेतबाट देखिएकोमा मिति २०७४ असोज २५ गते उल्लेख गरी तयार गरिएको कर्जा फामरमा ५० लाख रुपैयाँ दिएको भनेर उल्लेख भएको देखिन्छ’, आरोप पत्रमा भनिएको छ ।

सरकारी वकिलको कार्यालयले जीबी राईसँग दीपेशको मिलेमतो र ठगीमा संलग्नता पुष्टि गर्ने विवरणमा उनीहरूबीच भएको जग्गाको लेनदेनलाई पनि देखाएको छ । जीबी समूहले चितवनस्थित देवौलीको जग्गा ५ जनाको नाममा नामसारी गर्ने क्रममा कारोबारको लिखितम् गर्दा पुनसमेत रोहबरमा बसेको आरोप पात्रमा भनिएको छ।

उक्त जग्गा पटक पटक आफ्नै समूहमा कारोबार गरेको तथ्यसहित सरकारी वकिलले त्यसको साक्षीसमेत बसेर पुनले संगठित रुपमा सहकारी ठगी गरेको अनुसन्धान प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  २ : २५ बजे

रविबिना कसरी अघि बढ्ला रास्वपा ?

काठमाडौं– सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरणसहित तीनवटा

दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण

एजेन्सी – दक्षिण कोरियाले शनिबार अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी

सांसदबाट निलम्बनमा परे रवि लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संघीय सांसद पदबाट निलम्बनमा

शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह

एजेन्सी – बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५

धरानमा सङ्गीत जात्रा महोत्सव 

धरान – ‘गीत, सङ्गीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन