सुपारी निकासी प्रवर्द्धनमा जोड « Khabarhub

सुपारी निकासी प्रवर्द्धनमा जोड


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सांसदहरूले सुपारी खेती प्रवर्द्धनमार्फत निकासा बढाउन आवश्यक रहेकामा जोड दिएका छन् ।

सोमबार राष्ट्रियसभा अन्तर्गत  विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापनसम्बन्धी छलफलका क्रममा उनीहरूले सुपारी निकासा बढाउन उत्पादन पनि वृद्धि हुनुपर्नेमा जोड दिएका हुन्  ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राजस्वले गुट्काबाट १० अर्बको राजस्व संकलन  भएको उल्लेख गर्दै सुपारीबाट पनि राजस्व बढाउन सक्ने धारणा राखे  ।

‘चालु आर्थिक वर्षमा पनि सुपारी प्रशोधनका लागि झापामा रु  तीन करोड बजेट विनियोजन गरेका छौँ । अहिले सुपारी तेस्रो मुलुकबाट आयात भइरहेको छ,’उनले भने, ‘नेपालमा उत्पादित सुपारीलाई आन्तरिक खपत बढाउनुपर्छ भनेका छौँ  ‘

केराउ र मरिच आयात अनुमति नदिए पनि आयात आइरहेको उनले दाबी गरे।

 ‘मरिच र केराउ हामी सबैको भान्सामा प्रयोग हुन्छ तर वैधानिक बाटोबाट आइरहेको छैन,’ मन्त्री भण्डारीले भने, ‘अव स्वदेशमा नै यी खाद्य वस्तुको उत्पादन बढाउन सकिन्छ ।’

समिति सभापति कमला पन्तले आफ्नो उत्पादन आफैँले खपत गर्नुपर्ने र खपत हुन नसकेमा निर्यातका लागि पहल गर्नुुपर्नेमा जोड दिएका छन् ।

‘किसानले उत्पादन गरेका वस्तुको सहज बजारीकरण गर्नुपर्छ । आन्तरिक खपत भए त्यसैमा प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने।

सांसद बामदेव गौतमले चोरी निकासी रोक्नका लागि नेपालले खुला सिमाना बन्द गर्नुपर्ने र भिसा प्रस्ताव गर्नुपर्ने बताए । सांसद उर्मिला अर्यालले पनि सुपारी निकासा हुनुपर्नेमा जोड दिइन्।

सांसद विष्णुबहादुर विश्वकर्माले सुपारीकै विषयमा पटक–पटक छलफल गर्नु उपयुक्त नरहेको भन्दै सुपारीको डिएन परीक्षणका लागि ल्याव स्थापना गर्न आवश्यक रहेको बताए । उनले सुपारी निर्यातबाट मुलुकको राजस्व बढाउन सकिने धारणा राखे।

सांसद भवनबहादुर सुनुवारले कृषि र उद्योग मन्त्रालयको समन्वयमा सुपारी निर्यातको सम्भावना पहिल्याउन आवश्यक रहेको बताए। सांसद डा अञ्जान शाक्यले सुपारीको डिएनए टेष्ट गर्न सकिने भन्दै कहिले गर्ने भन्ने समय तोक्नुपर्ने बताए ।

सांसद झक्कुप्रसाद सुवेदीले सुपारी निर्यातको विषयमा विस्तृत रूपमा छलफल आवश्यक भएको बताए।

सांसद सावित्री मल्लले सुपारी उत्पादन चार वटा जिल्लामा मात्रै हुने गरेको उल्लेख गर्दै अन्य १० जिल्लामा सुपारी उत्पादनलाई प्राथमिकता दिन आवश्यक भएको बताइन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले तेस्रो मुलुकमा सुपारी निर्यात बढाउनका लागि डिएन टेष्ट र गुणस्तर प्रमाणीकरण गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  २ : ४० बजे

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

साना- यमनको दक्षिणी क्षेत्रमा हुथी विद्रोहीहरूले सरकारी सेनाको सैन्य शिविरमा

राष्ट्रपति पौडेलद्वारा विभिन्न शक्तिपीठमा पूजाआराधना एवं दर्शन

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले शारदीय नवरात्रका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न

फ्रान्समा हिंसा : गृहमन्त्रीको राजीनामा अस्वीकार गरेका म्याक्रों खाडीतिर

काठमाडौँ- फ्रान्सका प्रमुख शहरहरूमा हालै भएको व्यापक हिंसात्मक प्रदर्शन, तोडफोड

आरुघाटको बेलीब्रिज निर्माण सम्पन्न, सेनाद्वारा हस्तान्तरण

काठमाडौं- धादिङ र गोरखा जिल्लालाई आपसमा जोड्ने मुख्य सडक सञ्जालमा

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद

सुनसरी- दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारबाट प्रहरीले पाँच क्विन्टलभन्दा