सुपारी निकासी प्रवर्द्धनमा जोड « Khabarhub

सुपारी निकासी प्रवर्द्धनमा जोड


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  सांसदहरूले सुपारी खेती प्रवर्द्धनमार्फत निकासा बढाउन आवश्यक रहेकामा जोड दिएका छन् ।

सोमबार राष्ट्रियसभा अन्तर्गत  विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापनसम्बन्धी छलफलका क्रममा उनीहरूले सुपारी निकासा बढाउन उत्पादन पनि वृद्धि हुनुपर्नेमा जोड दिएका हुन्  ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राजस्वले गुट्काबाट १० अर्बको राजस्व संकलन  भएको उल्लेख गर्दै सुपारीबाट पनि राजस्व बढाउन सक्ने धारणा राखे  ।

‘चालु आर्थिक वर्षमा पनि सुपारी प्रशोधनका लागि झापामा रु  तीन करोड बजेट विनियोजन गरेका छौँ । अहिले सुपारी तेस्रो मुलुकबाट आयात भइरहेको छ,’उनले भने, ‘नेपालमा उत्पादित सुपारीलाई आन्तरिक खपत बढाउनुपर्छ भनेका छौँ  ‘

केराउ र मरिच आयात अनुमति नदिए पनि आयात आइरहेको उनले दाबी गरे।

 ‘मरिच र केराउ हामी सबैको भान्सामा प्रयोग हुन्छ तर वैधानिक बाटोबाट आइरहेको छैन,’ मन्त्री भण्डारीले भने, ‘अव स्वदेशमा नै यी खाद्य वस्तुको उत्पादन बढाउन सकिन्छ ।’

समिति सभापति कमला पन्तले आफ्नो उत्पादन आफैँले खपत गर्नुपर्ने र खपत हुन नसकेमा निर्यातका लागि पहल गर्नुुपर्नेमा जोड दिएका छन् ।

‘किसानले उत्पादन गरेका वस्तुको सहज बजारीकरण गर्नुपर्छ । आन्तरिक खपत भए त्यसैमा प्रवर्द्धन गर्नुपर्छ,’ उनले भने।

सांसद बामदेव गौतमले चोरी निकासी रोक्नका लागि नेपालले खुला सिमाना बन्द गर्नुपर्ने र भिसा प्रस्ताव गर्नुपर्ने बताए । सांसद उर्मिला अर्यालले पनि सुपारी निकासा हुनुपर्नेमा जोड दिइन्।

सांसद विष्णुबहादुर विश्वकर्माले सुपारीकै विषयमा पटक–पटक छलफल गर्नु उपयुक्त नरहेको भन्दै सुपारीको डिएन परीक्षणका लागि ल्याव स्थापना गर्न आवश्यक रहेको बताए । उनले सुपारी निर्यातबाट मुलुकको राजस्व बढाउन सकिने धारणा राखे।

सांसद भवनबहादुर सुनुवारले कृषि र उद्योग मन्त्रालयको समन्वयमा सुपारी निर्यातको सम्भावना पहिल्याउन आवश्यक रहेको बताए। सांसद डा अञ्जान शाक्यले सुपारीको डिएनए टेष्ट गर्न सकिने भन्दै कहिले गर्ने भन्ने समय तोक्नुपर्ने बताए ।

सांसद झक्कुप्रसाद सुवेदीले सुपारी निर्यातको विषयमा विस्तृत रूपमा छलफल आवश्यक भएको बताए।

सांसद सावित्री मल्लले सुपारी उत्पादन चार वटा जिल्लामा मात्रै हुने गरेको उल्लेख गर्दै अन्य १० जिल्लामा सुपारी उत्पादनलाई प्राथमिकता दिन आवश्यक भएको बताइन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले तेस्रो मुलुकमा सुपारी निर्यात बढाउनका लागि डिएन टेष्ट र गुणस्तर प्रमाणीकरण गर्न आवश्यक रहेको बताए ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  २ : ४० बजे

अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार

किमाथाङ्का– अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

हाम्रो पार्टी विकासवादी हो : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले राष्ट्रिय स्वतन्त्र पार्टी विकासवादी पार्टी

इरान-अमेरिका वार्तामा लेबनान द्वन्द्व मुख्य एजेन्डा

तेहरान– इरानले लेबनानमा इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वलाई स्विट्जरल्याण्डमा अमेरिकासँग

कांग्रेस-एमालेलाई शक्तिशालीको संज्ञा दिँदै रविले भने : दुवै दलका अप्ठ्यारा नमिले देशलाई समस्या पर्छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पछिल्लो समय नेपाली

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सातजना पक्राउ

काठमाडौं– काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा