सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि « Khabarhub

सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिकलसेल एनिमियाका बिरामीलाई निःशुल्क औषधि र स्तरीय उपचारको व्यवस्था गरिने बताएका छन्।

भेरी अस्पताल, नेपालगञ्जमा आज स्थापना गरिएको अत्याधुनिक ‘अपरेसन थिएटर’को उद्घाटन गर्दै मन्त्री पौडेलले सिकलसेल र थालेसेमियाका बिरामीको उपचारमा सरकारले कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘यसका बिरामीका लागि सात प्रदेशका प्रादेशिक अस्पतालहरूमा छुट्टै वार्डको प्रबन्ध गरिनेछ ।’

सिकलसेलका बिरामीका लागि भारत सरकारसँग औषधि माग गर्न पत्राचार भएको र अन्तिम चरणमा रहेको जानकारी दिँदै मन्त्री पौडेलले भारतले औषधि दिने सहमति जनाएपछि सबै प्रक्रिया पूरा गरिएको बताए।

उनले भने, ‘सिकलसेल रोगको उपचारका लागि वार्ड स्थापना गरिएका सबै अस्पतालमा सिकलसेलको औषधि पठाइनेछ, त्यहीँबाट बिरामीलाई आवश्यकताअनुसार वितरण गरिनेछ ।’

मन्त्री पौडेलले सरकारले बिरामीको उपचारका लागि विभिन्न काम गरिरहने जनाउँदै रोग लाग्नै नदिन तथा रोगबाट जोगिन विभिन्न चेतनामूलक कार्यक्रमहरू पनि नियमित सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।

बिमालाई व्यवस्थित गर्ने काम पनि सरकारले गरिरहेको उल्लेख गर्दै मन्त्री पौडेलले बिमालाई योगदानमा आधारित बनाउन लागिएको बताए। सिकलसेलका बिरामीका लागि छुट्टै वार्ड स्थापना गरिएपछि अब बिरामीले बेड नपाउने समस्या समाधान भएको उनले उल्लेख गरे ।

बर्दियाको बार बर्दियाका बिरामी दीपक थारूले अब औषधिलाई बिमाभित्र पार्नुपर्नेमा जोड दिए ।  सो अवसरमा सिकलसेल वार्डको निरीक्षण गर्दै मन्त्री पौडेलले बिरामीहरूसँग पनि उपचार र अन्य समस्याका बारेमा जानकारी लिए ।

कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदी, सिकलसेल एनिमियाको उपचारमा लामो समयदेखि संलग्न वरिष्ठ चिकित्सक डा राजन पाण्डे, सिकलसेल सोसाइटी नेपालका अध्यक्ष प्रभुराम थारू लगायतले सिकलेलको अवस्था, उपचार र समस्या समाधानको उपायबारे धारणा राखेका थिए।

भेरी अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्रबहादुर शाह, सदस्य डा डक्टप्रसाद धिताल र अस्पतालका प्रमुख नरसिंह प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठले अस्पतालमा जनशक्ति थप्नुपर्ने तथा बिमाको रकम तत्काल पठाउन लगाउनुपर्नेमा मन्त्रीको ध्यानाकर्षण गराए। बाँके, बर्दियालगायत पश्चिम नेपालमा सिकलसेल एनिमियाका बिरामीहरू धेरै रहेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ४ : २९ बजे

गगनमाथि खनिए इतरका नेता, सम्मानजनक एकता नभए नयाँ पार्टी खोल्ने घोषणा

काठमाडौं- नेपाली कांग्रेस इतर पक्षका नेताहरूले पार्टीको आन्तरिक एकताका लागि

भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथि दबाब

नयाँ दिल्ली- सामाजिक सञ्जालमा सुरु भएको व्यङ्ग्यात्मक अभियान अहिले भारतको

मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँको रानीवनस्थित मानव सेवा आश्रम

बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने महिलाको सङ्ख्या बढ्दै

नेपालगञ्ज- बाँकेको दुर्गम क्षेत्र मानिने नरैनापुर गाउँपालिकामा बर्थिङ सेन्टरमार्फत सुरक्षित सुत्केरी

स्थानीय उत्पादनको ब्रान्डिङ, कोदो र फापरको पिठो बजारमा

बागलुङ– बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेड