माओवादीले माग्यो ऋषिकेशको राजीनामा, ऋषिकेशको जवाफ-परीक्षामा समावेश हुन तयार छु « Khabarhub

माओवादीले माग्यो ऋषिकेशको राजीनामा, ऋषिकेशको जवाफ-परीक्षामा समावेश हुन तयार छु


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा माओवादी सांसद मोदीले समिति सरकारको छाया जस्तो देखिएको भन्दै सभापति पोखरेलको राजीनामा माग गरेका हुन् ।

सरकारलाई चेक एन्ड ब्यालेन्स गर्ने समितिका सभापतिविरुद्ध नै आर्थिक लेनदेनको कुरा उठेकाले मार्गप्रसस्त गर्नुपर्ने उनले बताए ।

उनले सहकारीका बारेमा सभापति पोखरेल र परिवारमाथि पनि प्रश्न उठेकाले केही न केही जवाफ दिनुपर्ने जिकिर गरे ।  सांसद मोदीले लेखा समितिको सभापति प्रतिपक्षीले पाउनुपर्ने बताए । त्यस्तै एमाले सांसद योगेश भट्टराईले लेखा समितिका सभापतिकै बारेमा आर्थिक लेनदेनमा कुरा उठेको अवस्थामा प्रस्ट पार्नुपर्ने बताए ।

आर्थिक लेनदेनमा आफू ठिक ठाउँमा उभिए मात्रै अरूमाथि नियमन गर्न सहज हुने उनको भनाइ थियो । उनले सभापति र उनका परिवारका विषयमा कुरा उठिसकेपछि न्यायिक निरूपणमा जान सुझाव दिए ।

उनले समिति सभापति परिवर्तन गर्ने विषयमा राजनीतिक समझदारी आवश्यक रहेको उल्लेख गरे । समिति सभापति ऋषिकेश पोखरेलले नीतिगत रूपमा आफूमाथि उठेका विषयमा विभिन्न ठाउँमा जवाफ दिएको बताए ।

कानुनी प्रक्रियामा रहेका विषयको सबै परीक्षामा समावेश हुन आफू तयार रहेकाले समितिमा यस विषयमा केही नबोल्ने बताए । उनले सभापति चयनका विषयमा दलहरुबीचको सहमति स्वीकार्य हुने धारणा राखे ।

करिब चार महिनापछि बसेको बैठकमा बेरुजु छलफलको प्रगति समीक्षासम्बन्धी विषयमा सामान्य छलफल भएको थियो । सभापति पोखरेलले अव समितिलाई क्रियाशील बनाउने बताए ।

ऋषिकेश पत्नीसहित २६ जना विरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता भएको छ । मोरङ जिल्लाको उमा गौरी कृषि सहकारी संस्थामा भएको ठगी प्रकरणमा सभापति ऋषिकेशकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङ जिल्ला अदालतमा मंसिर २८ गते मुद्दा दर्ता भएको हो ।

सरकारी वकिलको कार्यालय मोरङले सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जना विरुद्ध सहकारी ऐन, २०७४ को दफा १२२ अनुसार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको छ ।

उनकी पत्नी अञ्जला  अहिलेसम्म फरार छिन् । तर, पोख्रेलले यसको जवाफ दिएका छैनन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ५ : ५७ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

काठमाडौं– धितोपत्र बजारका शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले

रास्वपा महाधिवेशनमा मतदानको समय साढे चार बजेसम्म थपियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन

रामकुमारीको आरोप- सरकारले आफ्ना जोगाएर विपक्षीमाथि धरपकड गर्‍यो    

काठमाडौं– नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले वर्तमान सरकारले आफ्ना नेतालाई

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन