पर्यटकलाई कुनै पनि समस्या आउन दिनुहुँदैन : मन्त्री पाण्डे « Khabarhub

पर्यटकलाई कुनै पनि समस्या आउन दिनुहुँदैन : मन्त्री पाण्डे


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटकलाई कुनै पनि समस्या नहुने गरी सहजीकरणको व्यवस्था मिलाउन विमानस्थलसम्बद्ध निकायका अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्बद्ध निकायको बैठकमा उनले विदेशी नागरिक पहिलो पटक प्रवेश गर्ने अन्तर्राष्ट्रिय विमानस्थल संवेदनशील क्षेत्र भएकाले सकारात्मक सन्देश दिने गरी सबै जिम्मेवार भएर लाग्न निर्देशन दिएका हुन् ।

‘यो विमानस्थल संवेदनशील क्षेत्र हो । त्यसैले सुरक्षा निकायको भूमिका अझै प्रभावकारी बनाउनुपर्ने देखिन्छ । हाम्रा सेवा यात्रुमैत्री हुन जरुरी छ । एकपटक आउने विदेशी पर्यटकलाई पटक–पटक यहाँ आउने वातावरण बनाउनुपर्छ’, मन्त्री पाण्डेले भने ।

उनले ४६ लाख क्षमता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हाल ९० लाख यात्रुलाई सेवा दिनुपर्ने बाध्यता रहेकाले प्रविधिमैत्री सेवा प्रवाह गरी सेवा चुस्त-दुरुस्त बनाउनसमेत आग्रह गरे। मन्त्री पाण्डेले विमानस्थलमा देखिएका समस्याहरूको पहिचान गरी १५ दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न निर्देशन दिए ।

उनले भने, ‘भन्सार, अध्यागमन, एयरलाइन्स, क्यान कसले के–के काम गर्ने र कति समयभित्र गर्ने भनि कार्यायाजनासहित अगाडि बढ्न आवश्यक छ । त्यसका लागि १५ दिनभित्र योजना बनाउनुहोस् । अन्तरमन्त्रालयमार्फत हुने समन्वयात्मक कार्यका लागि हामी सधैँ अग्रसर रहनेछौँ ।’

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ५ : ५१ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा