शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह « Khabarhub

शेख हसिनालाई फिर्ता पठाउन भारतलाई बङ्गलादेशको आग्रह


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


519
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बङ्गलादेशले विद्यार्थी नेतृत्वको आन्दोलनले सत्ताच्युत गरेपछि अगस्ट ५ मा भारत भागेकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई फिर्ता पठाउन भारतलाई औपचारिक अनुरोध गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले भारत सरकारलाई ‘नोट भर्बेल’ मार्फत यो अनुरोध गरिएको बताए।

‘हामीले शेख हसिनालाई फिर्ता पठाउन अनुरोध गर्दै भारतलाई नोट भर्बेल पठाएका छौँ’, तौहिद हुसेनले पत्रकारहरूलाई भने।

अगस्ट ५ मा विद्यार्थी नेतृत्वको आन्दोलनले बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनालाई हप्तौँको विरोध र झडपपछि अपदस्थ गरेको थियो । विरोध र झडपका क्रममा छ सयभन्दा बढी मानिसको मृत्यु भयो ।

छयत्तर वर्षीय हसिना भारत भाग्नुभयो र नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भयो ।  यसअघि डिसेम्बर ९ मा शेख हसिनाले बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसलाई आफ्नो सत्ताबाट बहिर्गमनमा परिणत भएको विद्यार्थी प्रदर्शनको ‘मास्टरमाइन्ड’ भएको आरोप लगाउँदै प्रदर्शन ‘सावधानीपूर्वक डिजाइन’ गरिएको बताए ।

युनाइटेड किङ्गडम अवामी लिगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै हसिनाले प्रदर्शनकारीहरूको सबै माग पूरा भए पनि देशभरि अशान्ति जारी रहेको दाबी गर्दै यो योजनाबद्ध षड्यन्त्र भएको बताएका थिए ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ६ : २३ बजे

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्