‘सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण प्रदेशस्तरबाटै हुनुपर्छ’  « Khabarhub

‘सवारी चालक अनुमतिपत्र छपाइ तथा वितरण प्रदेशस्तरबाटै हुनुपर्छ’ 


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारी चालक अनुमतिपत्र तथा वितरणको काम अब प्रदेशस्तरबाटै गरिनुपर्ने बताएका छन् ।

यातायात व्यवस्था विभागले सोमबार आयोजना गरेको यातायात क्षेत्रमा देखापरेका समस्या समाधान एवम् विगतमा भएका निर्णयको कार्यान्वयन विषयक कार्यक्रममा उनले यस प्रक्रिया सहज र सरल बनाउन यससम्बन्धी कार्य गरिनुपर्नेमा उनले जोड दिए ।

मन्त्री दाहालले भने, ‘यातायात व्यवस्थापनको जिम्मेवारी प्रदेश सरकारको समेत भएकाले सवारी चालक अनुमतिपत्र छपाइ, नवीकरण एवम् वितरणजस्ता कार्य अब प्रदेशस्तरबाटै हुनुपर्छ । बरु एउटा ‘कटअप डेट’ तोकेर त्यसपछिको काम प्रदेशबाटै हुने गरी सबै प्रदेशले यससम्बन्धी कार्य गर्ने तयारी गर्नुपर्छ ।’

मन्त्रालयका सचिव केशवकुमार शर्माले सवारी चालक अनुमतिपत्र छपाइमा रहेका जटिलताको अन्त्य गरी प्रदेशस्तरबाटै छपाइ र वितरणको व्यवस्था गर्न यातायात विभाग र प्रदेशबीच समन्वय हुनुपर्ने बताए। यस्तै छपाइ भएका ‘ईम्बोष्ड नम्बर प्लेट’ जडान कार्यलाई तीव्रता दिन उनले आग्रह गरे।

विभागका महानिर्देशक राजीव पोखरेलले यातायात क्षेत्रको सेवा प्रवाहमा सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि कार्यक्रम आयोजना गरिएको बताए। कार्यक्रममा सबै प्रदेशका यातायात क्षेत्र हेर्ने मन्त्रालयका सचिवको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : १७ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।