रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक « Khabarhub

रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले श्रम बैंक कार्यान्वयनमा ल्याएको छ । श्रमलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउँदै आन्तरिक रोजगारी प्रवर्द्धनका लागि श्रम बैंक सञ्चालनमा ल्याइएको पालिकाले जनाएको छ ।

श्रम बैङ्कमार्फत कामको खोजीमा रहेका व्यक्तिलाई काम र रोजगारदातालाई कामदार उपलब्ध गराउन गाउँपालिकाले सहजीकरण गर्ने गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए।

 यसैगरी गाउँपालिकाभित्र रहेका सबै प्रकारका दक्ष, अर्धदक्ष तथा अदक्ष व्यक्तिहरू र रोजगारदाताको विवरण एकीकृत रूपमा तयार गरी रोजगार विनिमयकार्य गर्ने निर्णय भएको उनले जानकारी दिए ।

“यहाँका युवालाई उद्यमशील, स्वरोजगार र आत्मनिर्भर बनाउन श्रमबजार र मागमा आधारित रोजगारमूलक सीप विकास कार्यक्रम सञ्चालन गरिने छ ।

कामको खोजीमा रहेका व्यक्ति र रोजगारदाता तथा सीप विकास र सीप प्रमाणिकरण गर्न इच्छुक व्यक्तिले ‘क्युआर स्क्यान’ गरी गुगल फर्मको लिंकमा गएर, वडा कार्यालयमार्फत् वा श्रम तथा रोजगार शाखाबाट आवेदन फारम भर्न सक्नेछन्”, अध्यक्ष थापाले भने।

गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले श्रम बैंक सञ्चालनपछि रोजगारी प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने विश्वास गरिएको बताए।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ४८ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक