रवि संकटमा पर्दा रास्वपामा कार्यवाहक नै कार्यवाहक | Khabarhub Khabarhub

रवि संकटमा पर्दा रास्वपामा कार्यवाहक नै कार्यवाहक


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद्को प्रतिनिधिसभा सदस्यबाट निलम्बित रवि लामिछाने संस्थापन सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा कार्यवाहक नै कार्यवाहक देखिएका छन् ।

संगठित अपराध, सम्पत्ति शुद्धीकरण र सहकारी ठगी गरी तीनवटा खेपिरहेका लामिछानेको पार्टीमा सभापतिदेखि प्रवक्तासम्म तीनजना कार्यवाहक देखिएका हुन् ।

रास्वपाले सोमबार सचिवालयको ‘भर्चुअल’ बैठकबाट उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई कार्यवाहक सभापति चयन गरेको छ ।

सभापति लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा गम्भीर प्रकृतिका तीनवटा मुद्दा दायर भएपछि रास्वपाले डीपीलाई कार्यवाहक सभापतिमा चयन गरेको हो ।

यसअघि रास्वपामा कार्यवाहक महासचिव र कार्यवाहक प्रवक्ताका भरमा चलेको थियो । डीपी कार्यवाहक सभापति बनेसँगै रास्वपामा तीनजना कार्यवाहक बनेका छन् ।

रास्वपाले प्रवक्तासमेत रहेका महामन्त्री डा. मुलुक ढकाललाई गत असारमा कारबाही गर्दै सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री बनाएको थियो ।

यस्तै सहप्रवक्ता रहेका मनिष झालाई ढकालको स्थानमा कार्यवाहक प्रवक्ता बनाएको थियो ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ७ : ५५ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’