टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला « Khabarhub

टर्कीको इस्तानबुल नजिकै कृष्ण सागरको तटमा समुद्री माइन फेला


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


645
Shares
  • change font
  • change font
  • change font

इस्तानबुल – इस्तानबुलको उत्तरपूर्वमा टर्कीको कृष्ण सागरको तटमा तैरिरहेको समुद्री माइन फेला परेको राज्य समाचार एजेन्सी एनाडोलुले जनाएको छ । उक्त विस्फोटक उपकरणलाई सोमबार नष्ट गरिने बताइएको छ ।

बोस्फोरस स्ट्रेट कृष्ण सागरमा प्रवेश गर्ने विन्दुबाट करिब ५० किलोमिटर पूर्वमा आग्वाको तटमा आइतबार यो उपकरण फेला परेको थियो । रुसले सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि आक्रमण गरेदेखि युद्धरत दुवै पक्षले आफ्नो तटीय क्षेत्र सुरक्षित गर्न माइनहरू तैनाथ गरेका छन् तर ती प्रायः आँधीका कारण विस्थापित भएका छन् ।

व्यापारिक र सैन्य ढुवानी दुवैका लागि खतरालाई ध्यानमा राख्दै समुद्रको सिमानामा रहेका नाटो सदस्य टर्की, बुल्गारिया र रोमानियाले माइन निष्क्रिय गर्ने कार्यको निरीक्षण गर्न माइन काउन्टरमेजर्स नेभल ग्रुप (एमसिएम ब्ल्याक सी) स्थापना गरेका छन् । यसले जुलाई १ देखि काम सुरु गरेको थियो ।

रोमानियाको रक्षा मन्त्रालयले यस महिना युद्ध सुरु भएदेखि कूल एक सय सात वटा तैरिरहेका माइन फेला परेको र नष्ट गरिएको बताएको छ । गत महिना टर्कीका भाइस–एडमिरल मुस्तफा कयाले पत्रकारहरूलाई बताएअनुसार कृष्ण सागरमा हालै चार सयभन्दा बढी माइन बिछ्याइएका थिए । तीमध्ये केही बगेर गएका छन् ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ८ : ५२ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको