भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु « Khabarhub

भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु


८ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

बागमती – हेटौँडा–भैसे सडकखण्डअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ तिरतिरे धारास्थित सडकमा आज साँझ भारतीय नम्बरको कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

हेटौँडाबाट काठमाडौँ जाँदै गरेको बिआर ०५ बीए ०००६ नम्बरको भारतीय कारले भैँसेबाट हेटौँडातर्फ जाँदै गरेको बाप्र०३–००२ प ७२६७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल निवासी ३५ वर्षीय युवराज लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते लामालाई उपचारका लागि हेटौँडा अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक सापकोटाले बताए । सोही दुर्घटनामा परी स्कुटरमा पछाडि सवार सोही ठाउँका २५ वर्षीया बबिता लामा घाइते भएको र उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने कार र चालक भारतको बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण निवासी २४ वर्षीय सुकर्णप्रताप सिंहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ८ पुस २०८१, सोमबार  ९ : ५३ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का